चट्याङ लागेर १ जनाको मृत्यु १ घाइते

कञ्चनपुर, २१ वैशाख । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीमा चट्याङ लागेर एक महिलाको मृत्यू भएको छ। आइतबार बिहान हावाहुरीसँगै परेको चट्याङ लागेर २४ वर्षीय लालमती रानाको ज्यान गएको छ । सँगै रहेका श्रीमान २५ वर्षीय रतन सिंह राना घाइते भएका छन्। घर नजिकैको बगरमा लगाइएको तरकारी टिप्न गएको बेला एक्कासी हुरी बतास र पानीसँगै परेको चट्याङले [...] The post चट्याङ लागेर १ जनाको मृत्यु १ घाइते appeared first on Jhapa Online.

May 4, 2025 - 09:26
 0
चट्याङ लागेर १ जनाको मृत्यु १ घाइते

कञ्चनपुर, २१ वैशाख । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीमा चट्याङ लागेर एक महिलाको मृत्यू भएको छ।

आइतबार बिहान हावाहुरीसँगै परेको चट्याङ लागेर २४ वर्षीय लालमती रानाको ज्यान गएको छ । सँगै रहेका श्रीमान २५ वर्षीय रतन सिंह राना घाइते भएका छन्।

घर नजिकैको बगरमा लगाइएको तरकारी टिप्न गएको बेला एक्कासी हुरी बतास र पानीसँगै परेको चट्याङले लाग्दा गर्भवती समेत रहेकी रानाको ज्यान गएको वडा नम्बर १२ का वडाध्यक्ष नवल सिंह रानाले जानकारी दिनुभयो । घटनामा परी गम्भीर घाइते भएका श्रीमान् रतनको उपचारका लागि उद्धार भइरहेको छ।

घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

The post चट्याङ लागेर १ जनाको मृत्यु १ घाइते appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register