झापाको भद्रपुरबाट ठूलो परिमाणमा ब्राउनसुगरसहित दुई जना पक्राउ

भद्रपुर, १७ फागनु । झापाको भद्रपुरमा ठुलो परिमाणमा लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ भानु नगरपालिका– १२ कवाजित निवासी २४ बर्षीय सुदिप बिक र सुनसरी रामधुनी नगरपालिका–३ सिंघिया निवासी २७ वर्षीय हिरालाल बिक रहेका छन् । उनीहरूको साथबाट प्लास्टिकसहित ३०१ ग्राम ब्राउन सुगर बरामद भएको छ । सशस्त्र [...] The post झापाको भद्रपुरबाट ठूलो परिमाणमा ब्राउनसुगरसहित दुई जना पक्राउ appeared first on Jhapa Online.

Mar 1, 2025 - 10:08
 0
झापाको भद्रपुरबाट ठूलो परिमाणमा ब्राउनसुगरसहित दुई जना पक्राउ

भद्रपुर, १७ फागनु । झापाको भद्रपुरमा ठुलो परिमाणमा लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ भानु नगरपालिका– १२ कवाजित निवासी २४ बर्षीय सुदिप बिक र सुनसरी रामधुनी नगरपालिका–३ सिंघिया निवासी २७ वर्षीय हिरालाल बिक रहेका छन् ।

उनीहरूको साथबाट प्लास्टिकसहित ३०१ ग्राम ब्राउन सुगर बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुर मातहत रहेको बीओपी महेशपुरको टोलीले हिजो साँझ भारतबाट बा ९० प १६७५ नम्बरको स्कुटर चढेर नेपाल आउँदै गरेका उनीहरूलाई भद्रपुर– ३ मेचीपारिस्थित झोलुङ्गे पुलमा शङ्का लागेर चेकजाँच गर्दा स्कुटरको ब्याट्री बक्सभित्र लुकाइछपाई राखिएको तीनवटा पोकामा २९८ ग्राम र एउटा पोकामा ३ ग्राम ब्राउन सुगर फेला परेको थियो । उनीहरूले ब्राउन सुगर भारतीय सीमावर्ती बजारबाट खरिद गरी ल्याएको र काठमाडौँ पठाउन खोजेको बताइएको छ ।

सशस्त्र प्रहरीले दुवै जनालाई ब्राउन सुगर, नगद १६ हजार ४१० रुपैयाँ, दुई थान मोबाइल र स्कुटरसहित आवश्यक कारबाही लागि वडा प्रहरी कार्यालय भद्रपुरमा बुझाएको छ ।

The post झापाको भद्रपुरबाट ठूलो परिमाणमा ब्राउनसुगरसहित दुई जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register