आम्दानी बढे पनि घाटामै सोनापुर मिनरल्स, प्रतिसेयर आम्दानी पनि ऋणात्मक (विवरणसहित)

काठमाडौँ । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको आम्दानी बढेको देखिन्छ । समीक्षा अवधिमा सिमेन्ट बिक्रीबाट हुने आम्दानी ७० करोड ५६ लाखबाट बढेर ९१ करोड ५८ लाख रुपैयाँ पुगेको छ । आम्दानी बढे पनि कम्पनी भने घाटामै […]

Feb 11, 2025 - 03:45
 0
आम्दानी बढे पनि घाटामै सोनापुर मिनरल्स, प्रतिसेयर आम्दानी पनि ऋणात्मक (विवरणसहित)

काठमाडौँ । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको आम्दानी बढेको देखिन्छ ।

समीक्षा अवधिमा सिमेन्ट बिक्रीबाट हुने आम्दानी ७० करोड ५६ लाखबाट बढेर ९१ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।

आम्दानी बढे पनि कम्पनी भने घाटामै छ । यसअवधिमा सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले १२ करोड २० लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद घाटा १४ करोड ७८ लाख घाटामा थियो ।

त्यस्तै, यस अवधिमा कम्पनीको वित्तीय खर्च १४ करोड ५८ लाखबाट घटेर १२ करोड ५२ लाख रुपैयाँ कायम भएको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) ७ रुपैयाँ ९४ पैसा ऋणात्मक छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ ३६ पैसा रहेको छ । कुल चुक्ता पुँजी ३ अर्ब ७ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ९४ करोड ७ लाख रुपैयाँ जम्मा छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register