सबैखाले भ्रष्टाचारी ‘माछाहरू’ लाई पक्रिनुपर्ने

हेटौंडा । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पछिल्लो समय सानासाना भ्रष्टाचारका मुद्दामा हात हालेर संख्यात्मक विवरण पेश गर्ने तर, ठूला र संस्थागत भ्रष्टाचारका मुद्दाहरूमा हात हाल्न हिच्किचाउने आरोप आइरहेको भन्दै ती आरोपलाई गलत साबित गर्न अख्तियारले सानाठूला सबैखाले भ्रष्टाचारी माछाहरूलाई पक्रिनुपर्ने बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवसको अवसरमा हेटौंडामा आयोजित […]

Feb 11, 2025 - 03:44
 0
सबैखाले भ्रष्टाचारी ‘माछाहरू’ लाई पक्रिनुपर्ने

हेटौंडा ।

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पछिल्लो समय सानासाना भ्रष्टाचारका मुद्दामा हात हालेर संख्यात्मक विवरण पेश गर्ने तर, ठूला र संस्थागत भ्रष्टाचारका मुद्दाहरूमा हात हाल्न हिच्किचाउने आरोप आइरहेको भन्दै ती आरोपलाई गलत साबित गर्न अख्तियारले सानाठूला सबैखाले भ्रष्टाचारी माछाहरूलाई पक्रिनुपर्ने बताउनुभएको छ ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवसको अवसरमा हेटौंडामा आयोजित समारोहमा प्रदेश प्रमुख देवकोटाले अख्तियार दुरुपयोग गरी देश, जनता र सुशासनविरुद्ध नैतिकता र कानुनविपरीत जाने जो कोहीलाई सूक्ष्म अनुसन्धान र निष्पक्ष कारबाही गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भ्रष्टाचारविरुद्ध अख्तियारले गरेका कामकारबाहीबाट देशमा सुशासन कायम गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै बेइमानीविरुद्ध कदम चाल्ने कुरामा खुट्टा नकमाउन पनि आग्रह गर्नुभयो ।


सकारात्मक र महसुस गर्न सकिने परिणामजन्य कार्यका लागि हामीमा परिवर्तन जरुरी छ । हाल युवामा देखिएको मुख्य निराशा कार्यसम्पादनमा देखिएको सुस्तता हो, प्रमुख देबकोटाले भन्नुभयो, –“यसले परिणाममुखी सोच राख्ने सबैलाई निराश बनाउँदछ । अख्तियारी वा निर्णय गर्ने हैसियतका सम्पूर्ण व्यक्तिहरूलाई नियमितरूपमा सम्भावित भ्रष्टाचार रोक्न परामर्श कक्षाहरू सञ्चालन गरिनुपर्ने उहाँको भनाइ छ ।”


उहाँले जनताको निराशा चिर्दै भ्रष्टाचारविरुद्ध खरो उत्रिएर जनताको विश्वास जित्न सक्नुपर्ने बताउँदै राष्ट्रमा भ्रष्टाचार हुन नदिन इमान्दारिता, पारदर्शिता र सुशासनका विषयवस्तु विद्यालय र कलेजका पाठ्यक्रममा वृहत् रूपमा समावेश गर्नुपर्ने बताउनुभयो । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री एवम् सरकारका प्रवक्ता सुरजचन्द्र लामिछानेले प्रदेशका विभिन्न जिल्लाहरूमा बढ्दै गएको भ्रष्टाचारजन्य अपराध अनुसन्धानको घेरामा राखी न्यूनीकरण गर्नेतर्फ प्रदेश सरकार लागि परेको बताउनुभयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register