शिशिर खनालको प्रश्न : प्रहरीको सुरक्षा गर्न नसक्ने गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले अस्कल क्याम्पसमा पढ्ने नेकपा (एमाले) निकट अनेरास्ववियुका नेतालाई प्रहरीले अनुसन्धान गर्ने हिम्मत नगरेको बताएका छन्। मङ्गलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खनालले आफूले कमान्ड गरेको नेपाल प्रहरीको सुरक्षा गर्न नसकेको भन्दै गृहमन्त्री रमेश लेखकमाथि प्रश्नसमेत गरेका छन् । उनले भने, “ड्युटीमा रहेका प्रहरीलाई कुट्ने अस्कल क्याम्पसका नेतालाई […]

Feb 11, 2025 - 08:27
 0
शिशिर खनालको प्रश्न : प्रहरीको सुरक्षा गर्न नसक्ने गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले अस्कल क्याम्पसमा पढ्ने नेकपा (एमाले) निकट अनेरास्ववियुका नेतालाई प्रहरीले अनुसन्धान गर्ने हिम्मत नगरेको बताएका छन्।

मङ्गलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खनालले आफूले कमान्ड गरेको नेपाल प्रहरीको सुरक्षा गर्न नसकेको भन्दै गृहमन्त्री रमेश लेखकमाथि प्रश्नसमेत गरेका छन् ।

उनले भने, “ड्युटीमा रहेका प्रहरीलाई कुट्ने अस्कल क्याम्पसका नेतालाई पक्रन नेपाल प्रहरीले अनुसन्धान गर्ने पनि हिम्मत गरेन छ । …क्याम्पसको कक्षा कोठामा सधैँ उहाँहरूको दादागिरी चल्थ्यो । तर, अब पुलिसले पनि आँट नगरेपछि कसरी क्याम्पसमा पढ्ने वातावरण होला र ? कृपया यसको बारे बोलिदिनु न भनेर त्यहाँका विद्यार्थीले म्यासेज गरेका छन् ।”

खनालले थपे, “दुई तिहाइको तपाईंहरूको बहुमत छ, गृहमन्त्रीले आफैँले कमान्ड गरेको प्रहरीको सुरक्षा दिन सक्दैन भने नेपाली युवा देशमा किन बस्ने ? तपाईंहरूलाई भोट हाल्न मात्र बस्ने ? गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?”

माघ २४ गते ठमेलमा प्रहरीमाथि आक्रमण भएको थियो । घटना दुई जना पक्राउ परेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register