माओवादीले गर्‍यो चार समीक्षा : राजावादी गतिविधि बढ्नुमा सरकार दोषी

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले राजावादीको गतिविधि बढ्नुमा सरकार दोषी रहेको निष्कर्ष निकालेको छ । सोमबार बसेको पदाधिकारी बैठकले राजावादी गतिविधि बढ्नुको मूल जरो वर्तमान सरकार रहेको निष्कर्ष निकालेको वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘राजवादीहरूको गतिविधि बढ्नुको मूल जरो वर्तमान सरकार रहेको निष्कर्ष छ । यस्ता गतिविधिको सशक्त प्रतिवादका लागि केन्द्रीय […]

Mar 10, 2025 - 07:27
 0
माओवादीले गर्‍यो चार समीक्षा : राजावादी गतिविधि बढ्नुमा सरकार दोषी

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले राजावादीको गतिविधि बढ्नुमा सरकार दोषी रहेको निष्कर्ष निकालेको छ । सोमबार बसेको पदाधिकारी बैठकले राजावादी गतिविधि बढ्नुको मूल जरो वर्तमान सरकार रहेको निष्कर्ष निकालेको वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘राजवादीहरूको गतिविधि बढ्नुको मूल जरो वर्तमान सरकार रहेको निष्कर्ष छ । यस्ता गतिविधिको सशक्त प्रतिवादका लागि केन्द्रीय राजनीतिमा पार्टीको भूमिका बढाउने विषयमा समीक्षा भएको छ,’ उनले भने ।

साथै माओवादी केन्द्रले संसद्मा आफ्नो भूमिका प्रभावकारी बनाउने भएको छ । पदाधिकारी बैठकले राष्ट्रिय राजनीतिमा देखा परेका गतिविधि र सरकारका क्रियाकलापको सशक्त विरोधका लागि संसद्मा आफ्नो भूमिका प्रभावकारी बनाउने निष्कर्ष निकालेको श्रेष्ठले बताए । ‘संसद्मा पार्टीको भूमिका थप बलियो बनाउनुपर्ने आवश्यकता देखिएको छ । अहिले राष्ट्रिय राजनीतिमा देखापरेको गतिविधिले पनि माओवादीको बलियो भूमिका माग गरेको हामीले देखेका छौँ,’ उनले भने ।

बैठकमा पार्टीको तराई मधेस जागरण अभियानको पनि समीक्षा भएको छ । अभियान प्रभावकारी भएको भन्दै यसलाई निरन्तरता दिने निष्कर्ष बैठकको छ । ‘यो कार्यक्रम माओवादी केन्द्रका लागि निकै फलदायी महसुस गरेका छौँ । छिट्टै नयाँ कार्यपालिका बनाएर यसलाई निरन्तरता दिने हाम्रो निष्कर्ष छ,’ उनले भने ।

राजवादी गतिविधिको सामूहिक  र सशक्त प्रतिवादनका विषयमा पनि बैठकमा छलफल भएको छ । बैठक मङ्गलबार पनि बस्ने श्रेष्ठले जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register