साइबर अपराध अनुसन्धानमा प्रहरीलाई सकस, मेटा-टिकटकले ढिलो गरी डेटा दिँदा अन्य प्लेटफर्म मौन
काठमाडौं । नेपालमा सामाजिक सञ्जालमार्फत बढ्दै गएको साइबर अपराध अनुसन्धान गर्न कठिन बन्दै गएको छ । प्रहरीको साइबर ब्युरोले आवश्यक प्रमाणहरू जुटाउन सामाजिक सञ्जाल कम्पनीहरूसँग डेटा माग्दा अधिकांशले सहयोग नगर्ने गरेको खुलासा भएको छ । साइबर ब्युरोकी अनुसन्धानकर्ता एवम् प्रहरी निरीक्षक दीपा भट्टराईका अनुसार टिकटक र मेटाले अनुसन्धानका लागि केही हदसम्म डेटा उपलब्ध गराए पनि अन्य प्लेटफर्मले अनुसन्धानमा सहयोग गर्दैनन् । नेपाल दूरसञ्चार प्राधिकरणले मंगलबार आयोजना गरेको सुरक्षित इन्टरनेट दिवस कार्यक्रममा बोल्दै उनले अधिकांश लोकप्रिय स...

What's Your Reaction?






