सदनलाई अवमूल्यन गरेर ल्याइएको अध्यादेश पारित हुँदैन : प्रचण्ड

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले ल्याएको अध्यादेश पारित नहुने बताएका छन् ।  माओवादी केन्द्र कर्णाली प्रदेशले आयोजना गरेको बैठकलाई सम्बोधन गर्दै मङ्गलबार उनले अध्यादेश सदनलाई अवमूल्यन गरेर ल्याइएकाले पारित हुने स्थिति नरहेको बताएका हुन्  । “सरकारले सदनलाई अवमूल्यन गरेर अध्यादेश ल्यायो, त्यो गलत थियो । यसलाई अस्वीकार […]

Feb 11, 2025 - 13:42
 0
सदनलाई अवमूल्यन गरेर ल्याइएको अध्यादेश पारित हुँदैन : प्रचण्ड

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले ल्याएको अध्यादेश पारित नहुने बताएका छन् ।  माओवादी केन्द्र कर्णाली प्रदेशले आयोजना गरेको बैठकलाई सम्बोधन गर्दै मङ्गलबार उनले अध्यादेश सदनलाई अवमूल्यन गरेर ल्याइएकाले पारित हुने स्थिति नरहेको बताएका हुन्  ।

“सरकारले सदनलाई अवमूल्यन गरेर अध्यादेश ल्यायो, त्यो गलत थियो । यसलाई अस्वीकार गरेका छौँ । बहुमतले पेलेर जान सक्ने अवस्थामा सरकार छैन”, उनको भनाइ थियो ।

उनले पार्टीले समुदायमा आधारित समाजवादलाई अहिले मुख्य कार्यदिशा बनाएको बताए ।  उनले पार्टीले जितेका स्थानीय तहमा कार्यदिशाअनुसार कार्यक्रम लागू गर्ने प्रयासमा लाग्न निर्देशन दिए ।

“स्थानीय विशेषता, भौगोलिक, जातीय, सामाजिक बनोटबमोजिम कार्यक्रम विकास गरेर अघि बढौँ । समुदायमा आधारित समाजवादलाई आधार मानेर हामीले जितेका स्थानमा काम गरौँ”,  दाहालले भने ।

उनले नेतृत्व कसैले चाहेर रातारात बन्ने कुरा नभएको र यो लामो सङ्घर्ष, जनता, कार्यकर्ता र आदोलनको परिणाम हो भने । अध्यक्ष दाहालले पार्टीको जीवनमा जनयुद्धकालदेखि नै अन्तरसङ्घर्ष र एकताको क्रम चल्दै आएको उल्लेख गर्दै त्यसका बाबजुद पार्टी केन्द्रीकृत र एकताबद्ध हुन जरूरी रहेको बताए ।

माओवादी केन्द्रको ध्यान हाल सरकारतिर नरहेको बताउँदै अध्यक्ष दाहालले गलत कार्य भनेर हेरेर नबस्ने स्पष्ट पारे ।

एक अर्को प्रसङ्गमा उनले पार्टी एकताका लागि नै समाजवादी मोर्चा बनेकाले नेकपा (एकीकृत समाजवादी)  का अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सँग पार्टी एकताका कुरा भइरहेको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register