सेयर बजारमा झिनो वृद्धि, कारोबार रकम ८ अर्ब ७१ करोड  

काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा झिनो अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक १ दशमलव ८६ अङ्कले बढेर २६८५ दशमलव ७३ को विन्दुमा पुगेको छ । बुधबार ३०७ कम्पनीका ८२ हजार ८५० पटकको कारोबारमा १ करोड ५५ लाख २० हजार ५५९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार […]

Feb 12, 2025 - 09:34
 0
सेयर बजारमा झिनो वृद्धि, कारोबार रकम ८ अर्ब ७१ करोड  

काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा झिनो अङ्कको वृद्धि भएको छ ।

आज नेप्से परिसूचक १ दशमलव ८६ अङ्कले बढेर २६८५ दशमलव ७३ को विन्दुमा पुगेको छ ।

बुधबार ३०७ कम्पनीका ८२ हजार ८५० पटकको कारोबारमा १ करोड ५५ लाख २० हजार ५५९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब ७१ करोड ७८ लाख ४७ हजार रुपैयाँ रहेको छ ।

१३४ कम्पनीको सेयर मूल्य बढ्दा ९९ कम्पनीको घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये चार वटा बढ्दा अन्य राताम्मे छन् । आज एनआरएन इन्फास्ट्रक्चरमा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register