झिनो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । बुधबार नेप्से परिसूचक १.८६ अंकले बढेर २६८५.७३ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय ७ कम्पनीको १ करोड ५५ लाख २० हजार ५ सय ५९ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ७१ करोडमाथिको सेयर कारोबार भएको […]

Feb 12, 2025 - 09:31
 0
झिनो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । बुधबार नेप्से परिसूचक १.८६ अंकले बढेर २६८५.७३ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय ७ कम्पनीको १ करोड ५५ लाख २० हजार ५ सय ५९ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ७१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको भएको छ । यस कम्पनीको ३९ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा गर्डियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।

यता, उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

नेपाली सेयर बजारको थप विवरण पाउन र मार्केट डेप्थ हेर्न अर्थ सरोकार डटकमको सेयर बजार पोर्टल हेर्न सकिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register