बैङ्गलोरले घरेलु मैदानमा रोक्ला दिल्लीको विजयी यात्रा ?

काठमाडौं । आईपीएल (IPL) २०२५ को २४औं खेलमा आज रोयल च्यालेन्जर्स बैङ्गलोर र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल बैङ्गलोरको एम चिन्नास्वामी स्टेडियममा नेपाली समयअनुसार साँझ ७:४५ बजेदेखि सुरु हुनेछ । यस सिजनमा दुवै टोली पहिलो पटक आमनेसामने हुन लागेका हुन् । दिल्लीले यस सिजनमा ३ खेल खेलेको छ र सबैमा जित हासिल गरेको छ […]

Apr 10, 2025 - 06:57
 0
बैङ्गलोरले घरेलु मैदानमा रोक्ला दिल्लीको विजयी यात्रा ?

काठमाडौं । आईपीएल (IPL) २०२५ को २४औं खेलमा आज रोयल च्यालेन्जर्स बैङ्गलोर र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल बैङ्गलोरको एम चिन्नास्वामी स्टेडियममा नेपाली समयअनुसार साँझ ७:४५ बजेदेखि सुरु हुनेछ । यस सिजनमा दुवै टोली पहिलो पटक आमनेसामने हुन लागेका हुन् ।

दिल्लीले यस सिजनमा ३ खेल खेलेको छ र सबैमा जित हासिल गरेको छ । अर्कोतर्फ बैङ्गलोरले अहिलेसम्म ४ खेल खेलेको छ, जसमा ३ जित र १ हार छ ।

हेड टू हेडमा बैङ्गलोर भारी

हेड टू हेडमा बैङ्गलोर दिल्लीमाथि भारी छ । आईपीएलमा दुई टोलीबीच जम्मा ३२ खेल खेल भएका छन् । आरसीबीले २० जितेको छ भने डीसीले ११ जितेको इतिहास छ । जबकि एउटा खेलको नतिजाविहीन रह्यो ।

बैङ्गलोर स्टेडियममा दुई टोलीहरू बीच ११ खेलहरू खेलिएका छन्, जसमा आरसीबीले ६ र डीसीले ४ जितेको छ । एउटा खेलको नतिजा तय हुन सकेन ।

जारी सिजनमा बैङ्गलोरका ब्याट्सम्यान विराट कोहली टोलीका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले ४ खेलमा जम्मा १६४ रन बनाएका छन् । उनीपछि कप्तान रजत पाटीदारले पनि ४ खेलमा जम्मा १६१ रन बनाएका छन् ।

टोलीका जोश हेजलवुड विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन् । उनले ४ खेलमा कुल ८ विकेट लिएका छन् ।

यता, दिल्ली क्यापिटल्सका ब्याट्सम्यान केएल राहुल टोलीका सर्वाधिक स्कोरर हुन् । उनले २ खेलमा जम्मा ९२ रन बनाएका छन् । आफ्नो अन्तिम खेलमा उनले चेन्नई सुपर किङ्ग्सविरुद्ध ७७ रनको अर्धशतक बनाएका थिए । उनीपछि फाफ डु प्लेसिसले २ खेलमा ७९ रन बनाएका छन् ।

जबकि मिचेल स्टार्क बलिङमा शीर्ष स्थानमा छन् । उनले ३ खेलमा ९ विकेट लिएका छन् । उनले SRH विरुद्ध मात्र ३.४ ओभरमा ५ विकेट लिएका थिए ।

पिच रिपोर्ट

बैङ्गलोरको एम चिन्नास्वामी स्टेडियमको पिच ब्याट्सम्यानका लागि उपयोगी साबित हुन्छ । अहिलेसम्म यहाँ ९६ आईपीएल खेल खेलाइएको छ । ४१ खेल पहिले ब्याटिङ गर्ने टोलीले जितेको छ भने ५१ खेल पछ्याउने टोलीले जितेको छ । यहाँ पनि चार खेल अनिर्णीत रह्यो ।

सम्भावित प्लेइङ-१२

बैङ्गलोर : रजत पाटीदार (कप्तान), फिल साल्ट, विराट कोहली, देवदत्त पडिक्कल, लियाम लिभिङस्टोन, जितेश शर्मा (विकेटकिपर), टिम डेभिड, क्रुणाल पाण्डेय, भुवनेश्वर कुमार, जोश हेजलवुड, यश दयाल, सुयश शर्मा ।

दिल्ली : अक्षर पटेल (कप्तान), ज्याक फ्रेजर-मगार्क, केएल राहुल, अभिषेक पोरेल (विकेटकिपर), ट्रिस्टन स्टब्स, समीर रिजवी, आशुतोष शर्मा, विपराज निगम, मिचेल स्टार्क, कुलदीप यादव, मोहित शर्मा, मुकेश कुमार ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register