अमेरिका पुगे मोदी, ट्रम्पलाई भेट्ने तयारीमा

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका पुगेका छन् । उनी नेपाली समयअनुसार बिहीबार बिहानै राजधानी वासिङ्टन डीसी पुगेका हुन् । भारत र अमेरिकाबीच एक वृहत विश्वव्यापी रणनीतिक साझेदारी निर्माण गर्न आफू उत्साहित रहेको मोदीले बताएका छन् । ‘म केही समयअघि वाशिंगटन डीसी पुगेको छु । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्ने कार्यक्रम छ । यसका […]

Feb 13, 2025 - 06:18
 0
अमेरिका पुगे मोदी, ट्रम्पलाई भेट्ने तयारीमा

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका पुगेका छन् । उनी नेपाली समयअनुसार बिहीबार बिहानै राजधानी वासिङ्टन डीसी पुगेका हुन् ।

भारत र अमेरिकाबीच एक वृहत विश्वव्यापी रणनीतिक साझेदारी निर्माण गर्न आफू उत्साहित रहेको मोदीले बताएका छन् ।

‘म केही समयअघि वाशिंगटन डीसी पुगेको छु । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्ने कार्यक्रम छ । यसका लागि उत्साहित छु,’ अमेरिका पुगपछि उनले इन्स्टाग्राममा लेखेका छन्, ‘भारत र अमेरिकाबीच एक वृहत विश्वव्यापी रणनीतिक साझेदारी निर्माण गर्न पनि उत्साहित छु । दुवै देशले हाम्रा जनताको राम्रो भविष्यका लागि सँगै काम गरिरहने छन् ।’

ट्रम्पलाई भेट्नुअघि उनले अमेरिकी गुप्तचर प्रमुख तुलसी गब्बार्डलाई भेटेका थिए । ट्रम्प र मोदीबीचको भेटमा व्यापार, लगानी, ऊर्जा, रक्षा, प्रविधि र आप्रवासनजस्ता विषयमा वार्ता हुने सम्भावना छ । यसबाहेक, दुई नेताहरूबीच ट्यारिफको बारेमा पनि वार्ता हुन सक्ने बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।

राष्ट्रपतिको पदभार ग्रहण गरेको केही हप्ताभित्र ट्रम्पले बोलाएकामध्ये भारतका प्रधानमन्त्री मोदी चौथो शीर्ष नेता हुन् ।

आफ्नो दोस्रो कार्यकालको एक महिनापछि ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु, जापानी प्रधानमन्त्री शिगेरु इशिबा र जोर्डनका राजा अब्दुल्लाह द्वितीयलाई ह्वाइट हाउसमा भेटेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register