बबरमहल जलमग्न भएको घटना : फुटेको पाइप फेर्ने काम धमाधम (फोटोफिचर)

काठमाडौं । बबरमहलमा मेलम्ची खानेपानीको पाइप फेर्ने काम बिहीबार धमाधम भइरहेको छ । फुटेको पाइप फेर्नेसँगै बिग्रिएको सडक पनि मर्मत गर्ने काम भइरहेको हो । मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा बुधबार बबरमहलस्थित जिल्ला अदालतअगाडिको सडकलगायत ठाउँ जलमग्न भएको थियो । पाइप फुट्दा निस्किएको पानीले बबरमहल क्षेत्रमा सवारी आवागमन प्रभावित भएको थियो । पैदलयात्रुलाई हिँडडुल गर्न […]

Feb 13, 2025 - 07:48
 0
बबरमहल जलमग्न भएको घटना : फुटेको पाइप फेर्ने काम धमाधम (फोटोफिचर)

काठमाडौं । बबरमहलमा मेलम्ची खानेपानीको पाइप फेर्ने काम बिहीबार धमाधम भइरहेको छ । फुटेको पाइप फेर्नेसँगै बिग्रिएको सडक पनि मर्मत गर्ने काम भइरहेको हो ।

मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा बुधबार बबरमहलस्थित जिल्ला अदालतअगाडिको सडकलगायत ठाउँ जलमग्न भएको थियो ।

पाइप फुट्दा निस्किएको पानीले बबरमहल क्षेत्रमा सवारी आवागमन प्रभावित भएको थियो । पैदलयात्रुलाई हिँडडुल गर्न पनि समस्या परेको थियो ।

उक्त पानी वन परिसर, विशेष अदालत, जिल्ला अदालतलगायतका सरकारी कार्यालयमा पसेको थियो । सुरक्षाकर्मीले केहीलाई डोरीको सहायतामा उद्धार गरेका थिए ।

नेपाल विद्युत् प्राधिकरणले तार बिछ्याउने क्रममा पाइप फुटेर करिब ३० लाख लिटर पानी खेर गएको बताइएको छ ।

हेरौँ फोटोफिचर :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register