इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने नेपालको अन्तिम टोली घोषणा
काठमाडौं । इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने नेपालको अन्तिम टोली घोषणा गरिएको छ । बिहीबार अखिल नेपाल फुटबल संघ एन्फाले २३ सदसीय टोलीको घोषणा गरेको हो । गोलकिपरमा अञ्जिला तुम्बाप्पो सुब्बा, उषा नाथ र अन्जना राना मगर रहेका छन् । डिफेन्डरमा अमृता जैसी, गीता राणा, बिमला बिक, पुजा राना, निशा थोकर, समिक्षा घिमिरे, बिमला चौधरी […]

काठमाडौं । इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने नेपालको अन्तिम टोली घोषणा गरिएको छ ।
बिहीबार अखिल नेपाल फुटबल संघ एन्फाले २३ सदसीय टोलीको घोषणा गरेको हो ।
गोलकिपरमा अञ्जिला तुम्बाप्पो सुब्बा, उषा नाथ र अन्जना राना मगर रहेका छन् ।
डिफेन्डरमा अमृता जैसी, गीता राणा, बिमला बिक, पुजा राना, निशा थोकर, समिक्षा घिमिरे, बिमला चौधरी र मनमाया धामी रहेका छन् ।
अनिता बस्नेत, रेनुका नगरकोटे, प्रिती राई, सरु लिम्बु, सविता राना मगर, रेनुका हमाल र सुस्मा तामाङ मिडफिल्डरका रुपमा टोलीमा छन् ।
फर्वाडमा भने सावित्रा भण्डारी, रस्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल छन् ।
एन्फाले एएफसी एसियन कप र फिफा विश्वकपको तयारीस्वरुप फिफा अन्तर्राष्ट्रिय विन्डोमा इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपको आयोजना गर्न लागेको हो।
प्रतियोगिता फागुन ५ देखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । प्रतियोगितामा नेपालसँगै कीर्गिस्तान, म्यानमार र लेबननले प्रतिस्पर्धा गर्नेछ।
फागुन ५ मा नेपालले आफ्नो पहिलो खेलमा किर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
What's Your Reaction?






