चीन–नेपाल मैत्रीपूर्ण फुटबल खेलको तयारी पूरा

काठमाडौं । चीन–नेपाल मैत्रीपूर्ण फुटबल खेलको तयारी पुरा भएको छ । शुक्रबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा नेपाली यु–२० टिमका प्रमुख प्रशिक्षक राजेश शाहीले खेल जित्नका लागि खेल्ने भएकाले युवा टोलीले राम्रो खेल देखाउने विश्वास व्यक्त गरेका हुन् । त्यस्तै नेपाली यु–२० टिमका कप्तान सिमान्त थापाले छोटो अवधिमा राम्रो तयारी भएको र नजिता आफ्नो पक्षमा आउने बताएका […]

Feb 14, 2025 - 11:06
 0
चीन–नेपाल मैत्रीपूर्ण फुटबल खेलको तयारी पूरा

काठमाडौं । चीन–नेपाल मैत्रीपूर्ण फुटबल खेलको तयारी पुरा भएको छ ।

शुक्रबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा नेपाली यु–२० टिमका प्रमुख प्रशिक्षक राजेश शाहीले खेल जित्नका लागि खेल्ने भएकाले युवा टोलीले राम्रो खेल देखाउने विश्वास व्यक्त गरेका हुन् ।

त्यस्तै नेपाली यु–२० टिमका कप्तान सिमान्त थापाले छोटो अवधिमा राम्रो तयारी भएको र नजिता आफ्नो पक्षमा आउने बताएका छन् ।

चीन र नेपालका दुवै युवा टोली खेल जित्ने लक्ष्यका साथ मैदान उत्रने दुई टोलीका प्रशिक्षक र कप्तानहरूले जनाएका छन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजना र नेपालस्थित चीनको दूतावासको सहयोगमा शनिबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने मैत्रीपूर्ण फुटबलका लागि चीन युनान युवा फुटबल टोली नेपाल आइसकेको छ ।

त्यस्तै चीन युनान युवा फुटबल टिमका प्रशिक्षकले पनि मैत्रीपूर्ण खेलका लागि राम्रो तयारी भएको जनाएका थिए । दूतावासले दोस्रो पटक मैत्रीपूर्ण खेल आयोजना गर्न लागेको हो । गत वर्ष नेपालको युवा टोलीले चीनको टोलीलाई हराएको थियो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register