स्वर्गद्वारी गुठी पीडितलाई लालपूर्जा उपलब्ध गराउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले स्वर्गद्वारी गुठी पीडितलाई जग्गाधनी प्रमाण पूर्जा प्राप्त गर्न आवश्यक पर्ने कानुनी व्यवस्थाको तर्जुमा गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकले गुठी संस्थानको समन्वयमा पीडितलाई जग्गाधनी प्रमाण पूर्जा प्राप्त गर्न आवश्यक पर्ने कानुनी व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो । स्वर्गद्वारी गुठी […]

Feb 14, 2025 - 11:06
 0
स्वर्गद्वारी गुठी पीडितलाई लालपूर्जा उपलब्ध गराउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले स्वर्गद्वारी गुठी पीडितलाई जग्गाधनी प्रमाण पूर्जा प्राप्त गर्न आवश्यक पर्ने कानुनी व्यवस्थाको तर्जुमा गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकले गुठी संस्थानको समन्वयमा पीडितलाई जग्गाधनी प्रमाण पूर्जा प्राप्त गर्न आवश्यक पर्ने कानुनी व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो ।

स्वर्गद्वारी गुठी पीडितको समस्या सम्बन्धी विषय तथा कार्यप्रगति समितिलाई जानकारी गराउन पनि निर्देशन दिइएको समिति सभापति कुसुमदेवी थापाले जानकारी दिइन् ।

बैठकमा गुठी संस्थाका अध्यक्ष डा. शिवराज पण्डितले गुठी जग्गाको विषयमा धेरै नै समस्या देखिएको भन्दै समाधानका लागि अध्ययन भइरहेको बताए ।

गुठी जग्गा निजी नहुने सर्वोच्चको निर्णय र गुठी जग्गामा मोही रहने व्यवस्था बाझिएकाले त्यसमा दुवै पक्षलाई नै सम्बोधन गर्नेगरी संस्थानले काम गर्ने उनले बताए ।

समितिले स्वर्गद्वारी गुठी किसानका समस्याबारे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र गुठी संस्थानसँग छलफल गरेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register