थाइल्यान्डका राजदूत वलीलाई लाओसको पनि जिम्मेवारी

काठमाडौं । सरकारले थाइल्यान्डका लागि नेपाली आवासीय राजदूत धनबहादुर वलीलाई लाओसका लागि पनि गैरआवासीय राजदूतको जिम्मेवारी दिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार वलीलाई लाओसका लागि गैरआवासीय राजदूत नियुक्त गरेका हुन् । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले वलीलाई उक्त पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Feb 11, 2025 - 07:33
 0
थाइल्यान्डका राजदूत वलीलाई लाओसको पनि जिम्मेवारी

काठमाडौं । सरकारले थाइल्यान्डका लागि नेपाली आवासीय राजदूत धनबहादुर वलीलाई लाओसका लागि पनि गैरआवासीय राजदूतको जिम्मेवारी दिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार वलीलाई लाओसका लागि गैरआवासीय राजदूत नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले वलीलाई उक्त पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register