गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात

गोरखा । गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात पर्न थालेको छ । जिल्लाको चुमनुब्री गाउँपालिकाको ल्हो, सामागाउँ, साम्दो र आसपासका क्षेत्रमा शनिबार दिउँसोदेखि हिमपात पर्न सुरु भएको स्थानीयवासी वीरबहादुर लामाले जानकारी दिए । चुमनुब्री गाउँपालिका–१, स्थित सामागाउँ, साम्दो र वडा नं २ मा पर्ने स्याल्ला र ल्हो क्षेत्रमा भारी हिमपात भएको उनले बताए । हिमपातका कारण स्थानीयवासीलाई […]

Feb 16, 2025 - 00:18
 0
गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात

गोरखा । गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात पर्न थालेको छ । जिल्लाको चुमनुब्री गाउँपालिकाको ल्हो, सामागाउँ, साम्दो र आसपासका क्षेत्रमा शनिबार दिउँसोदेखि हिमपात पर्न सुरु भएको स्थानीयवासी वीरबहादुर लामाले जानकारी दिए ।

चुमनुब्री गाउँपालिका–१, स्थित सामागाउँ, साम्दो र वडा नं २ मा पर्ने स्याल्ला र ल्हो क्षेत्रमा भारी हिमपात भएको उनले बताए । हिमपातका कारण स्थानीयवासीलाई घरबाहिर निस्कन समस्या परेको छ । ‘दिउँसोदेखि नै लगातार हिमपात भइरहेको छ । हिमपातका कारण चिसो अत्यधिक बढेकाले जनजीवन प्रभावित हुन थालेको छ,’ लामाले भने ।

हिमपातका कारण लार्केपास जान लागेका पर्यटकहरू सामागाउँमा नै रोकिएका पथप्रदर्शक सूर्य खनालले जानकारी दिए । ‘यत्तिकै हिमपात परिरहे लार्केपासतर्फ अघि बढ्नेसक्ने अवस्था हुँदैन । आइतबार बिहानसम्मको अवस्था हेरेर मात्र अघि बढ्ने वा फर्कने भन्ने निश्चित हुन्छ,’ उनले भने ।

हिमपातले लार्केपासको पदमार्ग पूरै ढाकेको छ । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register