धौलागिरी लघुवित्तद्वारा अशक्तलाई ह्वीलचेयर वितरण

काठमाडौँ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मालिका-५, पञ्चासेका एक अशक्त महिलालाई ह्विलचेयर प्रदान गरेको छ । शनिबार निज महिलाको घरमा नै पुगेर लघुवित्तले उक्त ह्विलचेयर वितरण गरिएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष श्रृजना थापा, सञ्चालक रेशमलाल सापकोटा, पूर्वसञ्चालक कृष्णराज शर्मा, कायम मुकायम प्रमुख कार्यकारी अधिकृत शिवराम जोशी तथा स्थानीय समाजसेवी र बुद्धिजीवीहरूको उपस्थिति रहेको […]

Feb 16, 2025 - 07:54
 0
धौलागिरी लघुवित्तद्वारा अशक्तलाई ह्वीलचेयर वितरण

काठमाडौँ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मालिका-५, पञ्चासेका एक अशक्त महिलालाई ह्विलचेयर प्रदान गरेको छ । शनिबार निज महिलाको घरमा नै पुगेर लघुवित्तले उक्त ह्विलचेयर वितरण गरिएको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष श्रृजना थापा, सञ्चालक रेशमलाल सापकोटा, पूर्वसञ्चालक कृष्णराज शर्मा, कायम मुकायम प्रमुख कार्यकारी अधिकृत शिवराम जोशी तथा स्थानीय समाजसेवी र बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो । 

उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत जोशीले संस्थाले हाल सदस्यहरूको हितलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको बताए ।

यसैबीच, लघुवित्तले यही फागुन १० गते वार्षिक साधारणसभा गर्ने तयारी गरेको जानकारी गराइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register