संसदमा उठ्यो जलन उपचार अस्पताल तत्काल बनाउनुपर्ने माग

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा जलन उपचार अस्पताल तत्काल बनाउन सांसदहरूले माग गरेका छन् । आकस्मिक समयमा बोल्दै नेपाली काङ्ग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदलले जलन अस्पताल तत्काल बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । संसदको आकस्मिक समयमा बोल्दै काङ्ग्रेस सांसद चन्द्र भण्डारीले जलन अस्पताल बनाउन आफूले विभिन्न चरणमा सरकारको ध्यानाकर्षण गरेपनि सुनुवाई नभएको भन्दै यसमा खेलाची […]

Feb 16, 2025 - 07:51
 0
संसदमा उठ्यो जलन उपचार अस्पताल तत्काल बनाउनुपर्ने माग

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा जलन उपचार अस्पताल तत्काल बनाउन सांसदहरूले माग गरेका छन् । आकस्मिक समयमा बोल्दै नेपाली काङ्ग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदलले जलन अस्पताल तत्काल बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

संसदको आकस्मिक समयमा बोल्दै काङ्ग्रेस सांसद चन्द्र भण्डारीले जलन अस्पताल बनाउन आफूले विभिन्न चरणमा सरकारको ध्यानाकर्षण गरेपनि सुनुवाई नभएको भन्दै यसमा खेलाची नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उद्योगीहरू समेत जलन उपचार अस्पताल निर्माणमा सघाउन तयार रहेकाले सरकारले ढिलाइ गर्न नहुने उनको मत छ ।  ‘हिजोकै मितिमा म जलन दुर्घटनामा परेको थिएँ । हिजोमात्रै  उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य जलनमा पर्नुभयो । केही दिनअघि मात्रै शानदार म:ममा आगलागी हुँदा चार जनाले ज्यान गुमाउनुपर्‍यो । जलन अस्पताल बनाउने सबालमा निकै लामो छलफल भयो । तर, अघि बढ्न सकेको छैन । उद्योगीहरू समेत निर्माणमा सहयोग गर्न तयार भएको अवस्थामा यसमा विलम्ब नगरौँ,’ उनले भने ।

यस्तै, रास्वापाकी सांसद विन्दवासिनी कंसाकारले जलन दुर्घटना जतिसुकै बेला जोसुकैलाई पर्नसक्ने भएकाले अस्पताल निर्माणमा ढिलाइ गर्न नहुने बताइन् । नेपालमा वर्षेनी ६० देखि ६५ हजार जना जलन दुर्घटनामा पर्ने भएकाले अस्पताल निर्माण तत्काल अघि बढ्नुपर्ने उनको माग छ । ‘जलन दुर्घटना जो कोहीलाई जतिसुकै बेला पनि हुनसक्छ । तसर्थ अस्पताल निर्माण गर्नुमा विलम्ब गर्नुहुँदैन,’ उनले भनिन् ।

सांसदहरूले शानदार म:म मा जलन दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्  भने जलनका कारण घाइते उपप्रधानमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्यलाभको कामना गरेका छन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register