अमेरिकामा अवैध बसोबास गर्ने नेपालीलाई हत्कडी र नेल नलागोस् भनेर पहल थाल्न सांसद केसीको माग

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले अमेरिकामा गैरकानुनी हिसाबले बसोबास गरिरहेका नेपाली नागरिकलाई हत्कडी र नेल लगाएर स्वदेश फिर्ता नहोस् भनेर पहल थाल्न ध्यानाकर्षण  गराएका छन् । संसदको विशेष समयमा बोल्दै सांसद केसीले अमेरिकाले केही समयअघि भारतका नागरिकलाई नेल, हत्कडी र जन्जिर लगाएर डिपोर्ट गरेको भन्दै नेपाली नागरिकका विषयमा सरकारले सोच्नुपर्ने बताएका हुन् । […]

Feb 16, 2025 - 08:03
 0
अमेरिकामा अवैध बसोबास गर्ने नेपालीलाई हत्कडी र नेल नलागोस् भनेर पहल थाल्न सांसद केसीको माग

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले अमेरिकामा गैरकानुनी हिसाबले बसोबास गरिरहेका नेपाली नागरिकलाई हत्कडी र नेल लगाएर स्वदेश फिर्ता नहोस् भनेर पहल थाल्न ध्यानाकर्षण  गराएका छन् ।

संसदको विशेष समयमा बोल्दै सांसद केसीले अमेरिकाले केही समयअघि भारतका नागरिकलाई नेल, हत्कडी र जन्जिर लगाएर डिपोर्ट गरेको भन्दै नेपाली नागरिकका विषयमा सरकारले सोच्नुपर्ने बताएका हुन् ।

‘नेपालका पनि कैयौँ नागरिक गैरकानुनी हिसाबमा अमेरिकामा लुकिछिपी बसोबास गरेका समाचारहरू आइरहेका छन् । नेपाली नागरिकलाई पनि मानव अधिकार हनन् हुने गरी अमेरिकाद्वारा नेल, हत्कडी र जन्जिर लगाएर अमानवीय तरिकाबाट फिर्ता पठाउने कार्य नहोस् भनेर अहिलेदेखि नै सचेत हुनुपर्ने आवश्यक्ता छ,’ सांसद केसीले भने, ‘यदि यो विषयमा ध्यान नदिएमा विश्व समुदायका बीच नेपालको प्रतिष्ठामा समेच आँच पुग्नसक्छ । यदि अमेरिकामा गैरकानुनी तवरबाट नेपाली नागरिक लुकिछिपी बसेका छन् भने नेपाल फिर्तिका लागि आवश्यक व्यव्था मिलाउन सरकारको ध्यानाकर्षण गराउँछु ।’

सांसद केसीले विश्वको जुनसुकै कुनामा बसेको भए पनि विनाभेदभाव समानता, स्वतन्त्रता र मानवीय मर्यादाको अधिकार सबैले उपभोग गर्न पाउनु पर्ने मानव अधिकारको विश्वव्यापी घोषणाको आधारभूत भावना भएको बताए ।

उनले अमेरिकाले भारतीय नागरिकहरूलाई हात खुट्टामा नेल, जन्जिर र हतकडी लगाएर उनीहरूको मर्यादाको ठाडो उल्लङ्घन गरेर डिपोर्ट गर्ने कार्यले पश्चिमाहरूले दुहाइ दिँदै आएको मानव अधिकारको विश्वव्यापी रूपमै धज्जी उडेको टिप्पणी गरे । ‘भारतीय नागरिकलाई नेल हत्कडी जन्जिर लगाउनु अमेरिकाको घोर मानव अधिकार विरोधी हर्कत हो,’ उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register