संसद् अवरोध खुलाउन छलफलमा सभामुख, प्रतिपक्षीको अडान कायमै

काठमाडौं । सभामुख देवराज घिमिरिले प्रतिनिधि सभाको अवरोध खुलाउनका लागि दलहरूसँग छलफल गरिरहेका छन् । कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्तको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गर्दै प्रतिपक्षी बेञ्चले प्रतिनिधि सभाको बैठक बुधबार देखि अवरूद्ध गर्दै आएको छ । प्रधानमन्त्रीले जवाफ नदिँदासम्म सदन चल्न नदिने प्रतिपक्षी बेञ्चको अडान छ । बिहीबारको प्रतिनिधि […]

Mar 28, 2025 - 05:51
 0
संसद् अवरोध खुलाउन छलफलमा सभामुख, प्रतिपक्षीको अडान कायमै

काठमाडौं । सभामुख देवराज घिमिरिले प्रतिनिधि सभाको अवरोध खुलाउनका लागि दलहरूसँग छलफल गरिरहेका छन् ।

कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्तको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गर्दै प्रतिपक्षी बेञ्चले प्रतिनिधि सभाको बैठक बुधबार देखि अवरूद्ध गर्दै आएको छ ।

प्रधानमन्त्रीले जवाफ नदिँदासम्म सदन चल्न नदिने प्रतिपक्षी बेञ्चको अडान छ । बिहीबारको प्रतिनिधि सभा बैठक सूचना टाँस गर्दै तीन पटक स्थगन भएको थियो । शुक्रबार ११ बजे बैठक राखेपनि अहिलेसम्म बैठक बस्न सकेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा आफूले जवाफ दिने सार्वजनिक मञ्चबाट पटक-पटक जानकारी गराइसकेका छन् । उनले भनेका छन्, ‘एउटा कर्मचारी हटाइयो अर्को नियुक्त गरियो, यही हो जवाफ ।’ प्रतिपक्षी दलले मुलुकलाई कानुन विहीनतामा पुर्‍याउने नियतले संसद् अवरूद्ध गरिरहेको आरोप उनले लगाएका छन् । सरकारले ल्याएका पाँच प्रतिस्थापन विधेयक चैत १९ गतेभित्र प्रमाणिकरण गरिसक्नुपर्ने छ । प्रतिपक्षी दलले सङ्घीय दुवै संसद् अवरूद्ध गर्दा राष्ट्रियसभाबाट प्रतिस्थापन विधेयक पारित हुन सकेको छैन ।

सत्तारूढ दल एमालेले कुलमान बर्खास्तबारे सदनमा सरकारले जवाफ दिने र प्रधानमन्त्रीले नदिने बताइसकेको छ । प्रतिपक्षी दलहरू भने प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने अडानमा छन् । माओवादी केन्द्रका सांसद माधव सापकोटाले भनेका छन्,’बाहिर बाहिर जवाफ दिन हुने सदनमा दिन नहुने । सदनमा जवाफ दिने बित्तिकै संसद् खुल्छ,’ उनको भनाइ छ ।

सभामुख घिमिरेले सदन खुलाउने वातावरण निर्माणका लागि छलफल जारी राखेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register