नेपाली विद्यार्थीलाई क्याम्पसमा फर्किन केआईआईटीको आग्रह

काठमाडौं । भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थीलाई शान्तिपूर्ण हिसाबले शैक्षिक गतिविधिमा फर्किन आग्रह गरेको छ । नेपाली विद्यार्थी प्रकृति लम्मसालको शंकास्पद मृत्युको घटनापछि न्यायको माग गरिरहेका विद्यार्थीलाई कलेज र होस्टेलबाट निकालेर रेल स्टेशनमा छाडेको विश्वविद्यालय प्रशासनले सोमबार एकपछि अर्को विज्ञप्ति सार्वजनिक गरेर यस्तो आग्रह गरेको हो । सबै विद्यार्थीहरूलाई शान्त रहन र आफ्नो […]

Feb 17, 2025 - 12:54
 0
नेपाली विद्यार्थीलाई क्याम्पसमा फर्किन केआईआईटीको आग्रह

काठमाडौं । भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थीलाई शान्तिपूर्ण हिसाबले शैक्षिक गतिविधिमा फर्किन आग्रह गरेको छ ।

नेपाली विद्यार्थी प्रकृति लम्मसालको शंकास्पद मृत्युको घटनापछि न्यायको माग गरिरहेका विद्यार्थीलाई कलेज र होस्टेलबाट निकालेर रेल स्टेशनमा छाडेको विश्वविद्यालय प्रशासनले सोमबार एकपछि अर्को विज्ञप्ति सार्वजनिक गरेर यस्तो आग्रह गरेको हो । सबै विद्यार्थीहरूलाई शान्त रहन र आफ्नो शैक्षिक गतिविधिमा ध्यान केन्द्रित गर्न अनुरोध गर्दै विश्वविद्यालयका रजिष्ट्रारले सूचना जारी गरेका छन् ।

सोमबार प्रशासनले निकालेको तेस्रो विज्ञप्तिमा भनिएको छ, ‘हिजो साँझ क्याम्पसमा एउटा दुर्भाग्यपूर्ण घटना भयो । घटना लगत्तै प्रहरीले यस विषयमा अनुसन्धान गरी दोषीलाई पक्राउ गरेको छ । केआईआईटी प्रशासनले शैक्षिक गतिविधिहरू पुनः सुरु गर्न क्याम्पस र छात्रावासहरूमा सामान्य अवस्था पुनर्स्थापित गर्न सबै प्रयास गरेको छ ।’

सूचनामा अगाडी उल्लेख छ, ‘क्याम्पस छोडेका वा छोड्ने योजनामा ​​रहेका हाम्रा सबै नेपाली विद्यार्थीहरूलाई फर्केर कक्षा पुनः सुरु गर्न अपील गरिन्छ ।’

त्यसको केही समय अगाडी पनि प्रशासनले विज्ञप्ति निकालेको थियो । जसमा नेपाली विद्यार्थीका लागि त्यसअघि जारी गरिएको पहिलेको सूचनाको सट्टा होस्टलमा बस्न चाहेमा फर्किन सक्ने भनिएको थियो ।

‘छात्रावासमा बस्न चाहने नेपाली विद्यार्थीहरूलाई फर्किन अनुमति दिइएको छ । विश्वविद्यालय विद्यार्थीहरूलाई क्याम्पसमा फर्किएर छात्रावासमा बस्न प्रोत्साहित गरिरहेका छन्,’ सूचनामा भनिएको थियो ।

साथै, घटनाको निष्पक्ष र न्यायपूर्ण अनुसन्धान गर्न विश्वविद्यालय प्रतिबद्ध रहेको जानकारी उक्त विज्ञप्तिमा थियो ।

तर त्यसभन्दा अगाडि निकालेको पहिलो विज्ञप्तिमा भने एक युवतीले आत्महत्या गरेको र उनका साथीहरू क्याम्पस प्रशासनको कुरा सुन्न तयार नभएकाले परिस्थिति बिग्रिएको भनेर उल्लेख थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register