तनहुँबाट तीन थान भरुवा बन्दुकसहित दुईजना पक्राउ

दमौली । तनहुँको देवघाट गाउँपालिका–४ मा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । स्थानीय ६१ वर्षीय शङ्खवीर गुरुङ र ६८ वर्षीय कृष्णबहादुर गुरुङ पक्राउ परेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीको नेतृत्वमा ग्रामीण भेगमा गस्ती गर्ने क्रममा दुई जनालाई छुट्टाछुट्टै स्थानबाट प्रहरीले पक्राउ गरेको हो । […]

Feb 18, 2025 - 00:09
 0
तनहुँबाट तीन थान भरुवा बन्दुकसहित दुईजना पक्राउ

दमौली । तनहुँको देवघाट गाउँपालिका–४ मा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । स्थानीय ६१ वर्षीय शङ्खवीर गुरुङ र ६८ वर्षीय कृष्णबहादुर गुरुङ पक्राउ परेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीको नेतृत्वमा ग्रामीण भेगमा गस्ती गर्ने क्रममा दुई जनालाई छुट्टाछुट्टै स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले शङ्खवीरको घरबाट लुकाइछिपाइ राखिएको एक थान एकनाले बन्दुक, एक थान बन्दुकको चापघोडा नभएको बन्दुक र कृष्णबहादुरको घरबाट एक थान एकनाले बन्दुक बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register