गैरआवासीय नेपालीलाई आवतजावत तथा बसोबास गर्दा भिसा नचाहिने कानून बनाउँछौँ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले अहिलेको अध्यादेश प्रतिस्थापन गर्ने कानून बनाउँदा गैरआवासीय नेपालीलाई नेपालमा आवतजावत तथा बसोबास गर्दा भिसा नचाहिने कानून बनाउने प्रतिबद्धता जनाएका छन् । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । गृहमन्त्री लेखकले गैरआवासीय नागरिकता लिएका व्यक्तिले संविधानमा उल्लेख भए बमोजिमको आर्थिक, सामाजिक र […]

Jan 17, 2025 - 07:47
 0
गैरआवासीय नेपालीलाई आवतजावत तथा बसोबास गर्दा भिसा नचाहिने कानून बनाउँछौँ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले अहिलेको अध्यादेश प्रतिस्थापन गर्ने कानून बनाउँदा गैरआवासीय नेपालीलाई नेपालमा आवतजावत तथा बसोबास गर्दा भिसा नचाहिने कानून बनाउने प्रतिबद्धता जनाएका छन् ।

गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

गृहमन्त्री लेखकले गैरआवासीय नागरिकता लिएका व्यक्तिले संविधानमा उल्लेख भए बमोजिमको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोग गर्न पाउनेगरी आउने हिउँदे अधिवेशनमा कानून बनाउने जानकारी दिए ।

साथै, अहिलेको अध्यादेश प्रतिस्थापन गर्ने कानून बनाउँदा गैरआवासीय नेपालीहरूलाई नेपालमा आवतजावत गर्दा तथा बसोबास गर्दा भिसा नचाहिने कानून बन्ने प्रतिबद्धता जनाए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register