केआईआईटी घटनाको न्यायपूर्ण समाधान नभए एनओसी रोक्ने शिक्षा मन्त्रालयको चेतावनी

काठमाडौं । नेपाल सरकारको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको ओडिसास्थित कालिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थीको शंकास्पद मृत्युपछि उत्पन्न विवादको समाधान नभए वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) रोक्ने चेतावनी दिएको छ । मंगलबार शिक्षा मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले जारी गरेको विज्ञप्तिमार्फत उक्त समस्याको न्यायपूर्ण समाधान नगरिए भविष्यमा एनओसी रोक्ने चेतावनी दिएको […]

Feb 18, 2025 - 12:48
 0
केआईआईटी घटनाको न्यायपूर्ण समाधान नभए एनओसी रोक्ने शिक्षा मन्त्रालयको चेतावनी

काठमाडौं । नेपाल सरकारको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको ओडिसास्थित कालिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थीको शंकास्पद मृत्युपछि उत्पन्न विवादको समाधान नभए वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) रोक्ने चेतावनी दिएको छ ।

मंगलबार शिक्षा मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले जारी गरेको विज्ञप्तिमार्फत उक्त समस्याको न्यायपूर्ण समाधान नगरिए भविष्यमा एनओसी रोक्ने चेतावनी दिएको हो ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘उक्त घटनाबाट श्रृजित समस्याको न्यायपूर्ण र वैधानिक रुपमा समाधान नगरिएमा भविष्यका लागि भारतको ओडिसा राज्यका विश्वविद्यालय शिक्षण सस्थानमा अध्ययनका लागि प्रदान गर्दै आएको वैदेशिक अध्ययन अनुमतिपत्र एनओसी प्रदान गर्ने कार्य स्थगित गर्न सकिने व्यहोरा पनि सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।’

मन्त्रालयले केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्यु र त्यसपछि क्याम्पस प्रशासनले नेपाली विद्यार्थीमाथि गरेको व्यवहारप्रति ध्यानकर्षण भएको जनाएको छ ।

विद्यार्थीहरूले सम्बन्धित विश्वविद्यालयको नियम पालना गरी नियमानुसार शुल्क बुझाएर अध्ययन गर्न पाउने विश्वव्यापी मान्यता विपरीत विश्वविद्यालय प्रशासनबाट विद्यार्थीहरूमाथि भएको व्यवहार निन्दनीय रहेको मन्त्रालयको भनाइ छ ।

समस्या समाधानको लागि कुटनीतिक पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई अनुरोध गरिएको जानकारी दिँदै मन्त्रालयले प्रभावित विद्यार्थी र अभिभावकका लागि आकस्मिक सहजीकरण गर्न सहायता कक्ष समेत राखेको जानकारी दिएको छ ।

हेर्नुहोस् विज्ञप्ति :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register