थ्री बाई थ्री कर्पोरेट बास्केटबल सिजन २ हुँदै, मुख्य प्रायोजक भाटभटेनी

काठमाडौं । थ्री बाई थ्री कर्पोरेट बास्केटबल प्रतियोगिता सिजन २ को मुख्य प्रायोजक भाटभटेनी सुपर मार्केट रहने भएको छ । फागुन १७–१८ गते मम्बा स्पोट्र्स सेन्टर, काठमाडौंमा आयोजना हुने उक्त प्रतियोगितामा भाटभटेनीले मुख्य प्रायोजक रहने घोषणा गरेको हो । प्रतियोगितामा १६ कर्पोरेट टोलीहरू लिग–कम–नकआउट ढाँचामा प्रतिस्पर्धा गर्दै उपाधि जित्न मैदानमा उत्रनेछन् । गत वर्षका विजेता […]

Feb 18, 2025 - 12:45
 0
थ्री बाई थ्री कर्पोरेट बास्केटबल सिजन २ हुँदै, मुख्य प्रायोजक भाटभटेनी

काठमाडौं । थ्री बाई थ्री कर्पोरेट बास्केटबल प्रतियोगिता सिजन २ को मुख्य प्रायोजक भाटभटेनी सुपर मार्केट रहने भएको छ ।

फागुन १७–१८ गते मम्बा स्पोट्र्स सेन्टर, काठमाडौंमा आयोजना हुने उक्त प्रतियोगितामा भाटभटेनीले मुख्य प्रायोजक रहने घोषणा गरेको हो ।

प्रतियोगितामा १६ कर्पोरेट टोलीहरू लिग–कम–नकआउट ढाँचामा प्रतिस्पर्धा गर्दै उपाधि जित्न मैदानमा उत्रनेछन् । गत वर्षका विजेता इजी सर्भिसेज र उपविजेता भाटभटेनी सुपर मार्केट पुनः आफ्नो उपाधि बचाउन फर्कँदै छन् ।

एरोस सोलुसनका प्रबन्ध निर्देशक राजजङ्ग थापा भाटभटेनी सुपर मार्केटलाई शीर्ष प्रायोजकको रूपमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए ।

यस प्रतियोगिताका थप साझेदार प्रायोजकहरू– पेपे पिज्जा ‘फुड पार्टनर’, ऊप्स, आइ लाइक इट ‘मनोरञ्जन पार्टनर’, मम्बा स्पोट्र्स सेन्टर ‘कोर्ट पार्टनर’ र ह्याम्स अस्पताल ‘मेडिकल पार्टनर’ रहेका छन् । सबै कर्पोरेट संस्थाहरूलाई आफ्नो टिम दर्ता गर्न र आफ्नो बास्केटबल सीप प्रदर्शन गर्न आमन्त्रण गरिएको छ ।

सीटहरू पहिलो दर्ता, पहिलो प्राथमिकता आधारमा उपलब्ध गराइनेछ । टिम दर्ता मिति फेब्रुअरी २४ मा बन्द हुने जनाइएको छ । दर्ताका लागि गेटसेटगेम नेपालका सामाजिक सञ्जाल पेजहरू भ्रमण गर्न सकिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register