२००७ सालको क्रान्ति सफल भएको सम्झनामा प्रजातन्त्र दिवस मनाइँदै

काठमाडौं । आज (बुधबार) देशभर प्रजातन्त्र दिवस मनाइँदै छ । विसं २००७ को क्रान्ति सफल भएको दिनको सम्झनामा यो दिवस मनाउन लागिएको हो । निरङ्कुशताविरुद्धको बलिदानीपूर्ण सङ्घर्षको परिणामस्वरूप मानवअधिकार तथा राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानस्वरुप प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइँदैछ । २००७ सालको क्रान्तिको नेतृत्व नेपाली काङ्ग्रेसले गरेको […]

Feb 19, 2025 - 00:16
 0
२००७ सालको क्रान्ति सफल भएको सम्झनामा प्रजातन्त्र दिवस मनाइँदै

काठमाडौं । आज (बुधबार) देशभर प्रजातन्त्र दिवस मनाइँदै छ ।

विसं २००७ को क्रान्ति सफल भएको दिनको सम्झनामा यो दिवस मनाउन लागिएको हो ।

निरङ्कुशताविरुद्धको बलिदानीपूर्ण सङ्घर्षको परिणामस्वरूप मानवअधिकार तथा राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानस्वरुप प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइँदैछ ।

२००७ सालको क्रान्तिको नेतृत्व नेपाली काङ्ग्रेसले गरेको थियो । प्रजातन्त्र दिवसको अवसरमा आज सरकारी स्तरसँगै काङ्ग्रेसले पनि विभिन्न कार्यक्रम गर्दैछ ।

सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register