कीर्गिस्तानमाथि म्यानमारको फराकिलो जित
काठमाडौं। इन्टरनेशनल वुमेन्स च्याम्पियनसिपमा म्यानमारले कीर्गिस्तानलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा म्यानमारले कीर्गिस्तानलाई ५–० को गोलअन्तरले पराजित गरेको हो । म्यानमारका लागि मे लु र युन वादि हिलाङले दुई/दुई तथा सान्दार लिनले एक गोल गरिन् । प्रतियोगितामा म्यानमारको यो लगातार दोस्रो जित हो । यसअघि म्यानमारले लेबनानलाई ३–१ को गोलअन्तरले […]

काठमाडौं। इन्टरनेशनल वुमेन्स च्याम्पियनसिपमा म्यानमारले कीर्गिस्तानलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा म्यानमारले कीर्गिस्तानलाई ५–० को गोलअन्तरले पराजित गरेको हो ।
म्यानमारका लागि मे लु र युन वादि हिलाङले दुई/दुई तथा सान्दार लिनले एक गोल गरिन् ।
प्रतियोगितामा म्यानमारको यो लगातार दोस्रो जित हो । यसअघि म्यानमारले लेबनानलाई ३–१ को गोलअन्तरले पराजित गरेको थियो ।
अर्को खेलमा साँझ ६ बजे नेपाल र लेबनान आमनेसामने हुनेछन् ।
लेबनानलाई हराउँदै फाइनलको सम्भावना बलियो पार्ने योजनामा नेपाल
What's Your Reaction?






