काठमाडौंस्थित भारतीय राजदूतावासले मनायो २३औं स्वर्ण जयन्ती छात्रवृत्ति दिवस

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले २३औं स्वर्ण जयन्ती छात्रवृत्ति दिवस मनाएको छ ।  छात्रवृत्ति प्राप्त गरिसकेका लगभग २०० विद्यार्थीहरूको सहभागितामा सम्पन्न कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वर्ण जयन्ती छात्रवृत्ति प्राप्त गरेका दोस्रो ब्याचका मेधावी विद्वानहरूलाई राजदूतको स्वर्ण जयन्ती छात्रवृत्ति रोल अफ अनर प्रदान गरे । समारोहको उपलक्ष्यमा विश्वविद्यालय अनुदान आयोग नेपालका अध्यक्ष डा. […]

Mar 22, 2025 - 15:13
 0
काठमाडौंस्थित भारतीय राजदूतावासले मनायो २३औं स्वर्ण जयन्ती छात्रवृत्ति दिवस

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले २३औं स्वर्ण जयन्ती छात्रवृत्ति दिवस मनाएको छ ।  छात्रवृत्ति प्राप्त गरिसकेका लगभग २०० विद्यार्थीहरूको सहभागितामा सम्पन्न कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वर्ण जयन्ती छात्रवृत्ति प्राप्त गरेका दोस्रो ब्याचका मेधावी विद्वानहरूलाई राजदूतको स्वर्ण जयन्ती छात्रवृत्ति रोल अफ अनर प्रदान गरे ।

समारोहको उपलक्ष्यमा विश्वविद्यालय अनुदान आयोग नेपालका अध्यक्ष डा. देवराज अधिकारी, काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. अच्युत वाग्ले, राजर्षि जनक विश्वविद्यालयका उपकुलपति डा. अमरप्रसाद यादव, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा. बिजु कुमार थपलिया, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति डा. ध्रुव कुमार गौतम, वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति डा. शारदा थपलियाले उपस्थिति थिए । साथै,विभिन्न संस्थानका डीनहरू र प्रख्यात विद्यालयका प्रधानाध्यापकहरूको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।

राजदूत श्रीवास्तवले आफ्नो मन्तव्यमा विद्यार्थीहरूलाई आ-आफ्नो क्षेत्रमा उत्कृष्टताको लागि प्रयास गर्न प्रोत्साहन गर्दै भारतको स्टार्टअप इकोसिस्टम, इन्क्युबेशन सेन्टरहरू र अन्य सहकार्यका पहलहरूमा हुने संलग्नतामार्फत उपलब्ध हुने व्यापक अवसरहरूबारे जानकारी दिए ।

भारतीय दूतावासका अनुसार भारत-नेपाल आर्थिक सहयोगको ५० वर्षको स्मरणमा सन् २००२ मा प्रतिष्ठित स्वर्ण जयन्ती छात्रवृत्ति स्थापना गरिएको थियो । यस समयको अवधिसम्म छात्रवृत्ति प्राप्त गर्नेहरूको संख्या वार्षिक रुपमा २०० जना पुगेको छ । यस छात्रवृत्ति योजनाबाट नेपालका सबै ७७ जिल्लाबाट ३५०० जना भन्दा बढी नेपाली विद्यार्थीहरू लाभान्वित भएका छन् । अहिलेको ब्याचमा छात्रवृत्ति प्राप्त गर्नेहरू नेपालका ७५ जिल्लाबाट रहेका छन् । जसमध्ये एक तिहाइ छात्राहरू रहेका छन् । यस वर्ष ०३ जना भिन्न क्षमता भएका विद्यार्थीहरू पनि छनोट भएका छन् ।

भारत सरकारले प्रत्येक वर्ष इन्जिनियरिङ्ग, चिकित्सा, दन्त विज्ञान, व्यवस्थापन, वाणिज्य, नर्सिङ्ग, आयुर्वेद, नृत्य, रंगमञ्च र प्रदर्शन कला लगायत विभिन्न क्षेत्रहरूमा नेपाली विद्यार्थीहरूलाई लगभग १,५०० छात्रवृत्ति प्रदान गर्ने गरेको छ दूतावासको भनाइ छ । यी छात्रवृत्तिहरूले विद्यार्थीहरूलाई भारतका शैक्षिक संस्थानहरूमा पहुँच प्रदान गर्दछ र उनीहरूलाई नेपालमा स्नातक कोर्षहरूका साथै स्नातक, स्नातकोत्तर र विद्यावारिधि कार्यक्रमहरूमा शिक्षा हासिल गर्न सहयोग गर्दछ ।

सन् २००१ यता भारत सरकारको तर्फबाट नेपालका लागि भएका विभिन्न छात्रवृत्ति पहलहरूबाट लगभग ४०,००० विद्यार्थीहरू लाभान्वित भएका छन् । ७. भारत र नेपालबीच रहेको शैक्षिक सहयोग, क्षमता निर्माण र शैक्षिक साझेदारीले दुई देशबीचको दिगो मित्रतालाई थप गहिरो बनाउनुका साथै नयाँ सम्बन्धहरूलाई प्रवर्द्धन गरी जनता-जनताबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै लगेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register