अमेरिकामा संघीय कर्मचारीलाई निकालेको विरुद्धमा र्‍याली

एजेन्सी १० फागुन । अमेरिकामा संघीय कर्मचारीलाई हटाएको विरुद्धमा र्‍याली निकालेका छन् । वासिङ्टनमा रहेको अमेरिकी वातावरण संरक्षण एजेन्सीको मुख्यालय बाहिर भेला भएका प्रदर्शनकारीहरुले आफ्ना सेवाहरु बचाउन आग्रह गरेका छन् । चिसो मौसमको सामना गर्दै भेला भएका उनीहरुले प्लेकार्डहरू बोकेका छन् । अमेरिकी प्रशासनले संघीय खर्च घटाउन कर्मचारी कटौती गरिरहेको छ । अहिलेसम्म दुई लाखभन्दा [...] The post अमेरिकामा संघीय कर्मचारीलाई निकालेको विरुद्धमा र्‍याली appeared first on Jhapa Online.

Feb 22, 2025 - 10:09
 0
अमेरिकामा संघीय कर्मचारीलाई निकालेको विरुद्धमा र्‍याली

एजेन्सी १० फागुन अमेरिकामा संघीय कर्मचारीलाई हटाएको विरुद्धमा र्‍याली निकालेका छन् । वासिङ्टनमा रहेको अमेरिकी वातावरण संरक्षण एजेन्सीको मुख्यालय बाहिर भेला भएका प्रदर्शनकारीहरुले आफ्ना सेवाहरु बचाउन आग्रह गरेका छन् । चिसो मौसमको सामना गर्दै भेला भएका उनीहरुले प्लेकार्डहरू बोकेका छन् ।

अमेरिकी प्रशासनले संघीय खर्च घटाउन कर्मचारी कटौती गरिरहेको छ । अहिलेसम्म दुई लाखभन्दा धेरै संघीय कामदारहरू हटाइएको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

यसैबीच अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी यूएसएआईडीका कर्मचारीलाई बिदा गर्न बाटो खुलेको छ । स्थानीय अदालतले कर्मचारी बिदा गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनालाई अनुमती दिएको हो ।

वाशिङटनका न्यायाधीश कार्ल निकोल्सले मुद्दाको शुरुवातमा लागू गरिएको अस्थायी रोक आदेश खारेज गर्नुभएको हो । निकोल्सलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले नै पहिलो कार्यकालमा नियुक्त गर्नुभएको हो ।एजेन्सी

The post अमेरिकामा संघीय कर्मचारीलाई निकालेको विरुद्धमा र्‍याली appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register