कनकाई घाटको स्थापना दिवसमा सरसफाई, घाटको विकासमा निरन्तर लागिपर्ने नगर प्रमुख पोखरेलको भनाइ

चन्द्र बस्नेतकनकाई, २५ फागुन । पुर्वि नेपालकै प्रख्यात पवित्र कनकाई माई नदिको पुर्वि किनारमा रहेको कनकाई घाट संस्थाको १५ औं स्थापना दिवसको अवसरमा बृहत् सरसफाई गरिएको छ। फागुन २५ गते आईतवार बिहान संस्था स्थापना भएको १५ वर्ष प्रवेशको अवसरमा विशेष कार्यक्रमका बीच कनकाई घाटको बृहत् सरसफाई गरिएको हो । आजभन्दा १४ वर्ष अघि २०६७ को [...] The post कनकाई घाटको स्थापना दिवसमा सरसफाई, घाटको विकासमा निरन्तर लागिपर्ने नगर प्रमुख पोखरेलको भनाइ appeared first on Jhapa Online.

Mar 9, 2025 - 09:13
 0
कनकाई घाटको स्थापना दिवसमा सरसफाई, घाटको विकासमा निरन्तर लागिपर्ने नगर प्रमुख पोखरेलको भनाइ

चन्द्र बस्नेत
कनकाई, २५ फागुन ।
पुर्वि नेपालकै प्रख्यात पवित्र कनकाई माई नदिको पुर्वि किनारमा रहेको कनकाई घाट संस्थाको १५ औं स्थापना दिवसको अवसरमा बृहत् सरसफाई गरिएको छ।

फागुन २५ गते आईतवार बिहान संस्था स्थापना भएको १५ वर्ष प्रवेशको अवसरमा विशेष कार्यक्रमका बीच कनकाई घाटको बृहत् सरसफाई गरिएको हो । आजभन्दा १४ वर्ष अघि २०६७ को फागुन २५ गतेका दिन संघसंस्था ऐन २०४९ अनुसार मुनाफारहित कनकाई घाट संस्थाको विधिवत रुपमा स्थापना भएको थियोे ।

सरसफाई पछि संस्थाका अध्यक्ष खेमनाथ मिश्रको अध्यक्षतामा भएको संक्षिप्त कार्यक्रममा नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यता रहेको थियोे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरेलले कनकाई घाटको क्षेत्रलाई सरसफाई राख्ने कुरामा नगरपालिका लागिपर्ने बताउनुभयो ।

सोही कार्यक्रमका बीच नगर उप प्रमुख आशाशर्मा शिवाकोटीले घाटको सरसफाई सगै विधुतिय शवदाह गृह बनाउन लागेसगै थप सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

संस्था स्थापना दिवसकै अवसर पारेर केही दिन अघि निर्वाचित कार्यसमितिले आफ्नो पहिलो कार्यक्रमका रुपमा अघि सारेको स्थापना दिवसमा सरसाफाई गरेको हो।

सरसफाई कार्यक्रममा नगर प्रमुख , उप प्रमुख , वडान ३ वडा अध्यक्ष युवराज चौलागाईं ,र ४ का अध्यक्ष रोशन सुवेदी सहित अन्य जनप्रतिनिधि स्थानीय क्रियाशिल राजनीतिक दल नेपाली काग्रेस नगर सभापति दुर्गा प्रसाईं ,एमाले नगर अध्यक्ष गोकर्ण ओझा , माओवादी नगर अध्यक्ष यामनाथ सेढाई , राप्रपा नगर अध्यक्ष टीका बराल , सामाजिक, शैक्षिक एवं धार्मिक संघसंस्था, नागरिक समाज, उद्योगी व्यवसायी , विद्यार्थी समेत गरेर २ सय बढीको सहभागितामा सरसफाई गरिएको थियोे ।

संस्थाका वरिष्ठ उपाध्यक्ष डिल्लीराम मैनालीले स्वागत गरेको कार्यक्रमको संचालन महासचिव गोपाल खरेलले गर्नुभएको थियोे ।

झापाको मध्य भागमा रहेको कनकाई धाम धार्मिक विकास संस्था कोटिहवनको नजिकमा रहेको पवित्र कनकाई नदिमा सुव्यवस्थित घाट निर्माण गरी पार्थिव भौतिक शरिरलाई दाहसंस्कार गर्न र अन्तिम संस्कारमा सहभागी हुने मलामीजनलाई सहज बनोस भन्ने उद्येश्यका साथ २०६७ को फागुन २५ गते कनकाई घाट संस्थाको स्थापना भएको थियोे ।

The post कनकाई घाटको स्थापना दिवसमा सरसफाई, घाटको विकासमा निरन्तर लागिपर्ने नगर प्रमुख पोखरेलको भनाइ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register