सहकारी ठगी बढ्दै, सात महिनामा ४८ वटा मुद्दा दर्ता

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्ममा ४८ वटा सहकारी ठगीको मुद्दा दर्ता भएको छ । गृह मन्त्रालयको तथ्याङ्कअनुसार चालु आवको सात महिनामा सहकारी ठगीका ४८ वटा मुद्दा दर्ता भएका हुन् । ती मुद्दाउपर ५ अर्ब ११ करोड रुपैयाँ बिगो दाबी गरिएको छ । सहकारी ठगीअन्तर्गत ती मुद्दामा ४३ जनालाई पक्राउ गरिएको र […]

Feb 23, 2025 - 04:51
 0
सहकारी ठगी बढ्दै, सात महिनामा ४८ वटा मुद्दा दर्ता

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्ममा ४८ वटा सहकारी ठगीको मुद्दा दर्ता भएको छ ।

गृह मन्त्रालयको तथ्याङ्कअनुसार चालु आवको सात महिनामा सहकारी ठगीका ४८ वटा मुद्दा दर्ता भएका हुन् । ती मुद्दाउपर ५ अर्ब ११ करोड रुपैयाँ बिगो दाबी गरिएको छ ।

सहकारी ठगीअन्तर्गत ती मुद्दामा ४३ जनालाई पक्राउ गरिएको र ३ सय ५० जना फरार रहेको मन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा सहकारी ठगीका १ सय १ मुद्दा दर्ता भएका थिए भने, आर्थिक वर्ष २०७९/८० मा सहकारी ठगीका ९३ वटा मुद्दा दर्ता भएको मन्त्रालयले तथ्याङ्क छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register