चन्द्रागिरि- २ का अध्यक्ष तामाङ घूस मुद्दामा दोषी ठहर

काठमाडौं । विशेष अदालतले चन्द्रागिरि नगरपालिका–२ का अध्यक्ष भाइकृष्ण तामाङलाई घूस मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको मंगलबारको इजलासले वडाध्यक्ष तामाङलाई दोषी ठहर गरेको हो । अदालतले तामाङलाई ६ महिना कैद र चार लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । यसैगरी अदालतले घुस […]

Jan 28, 2025 - 13:03
 0
चन्द्रागिरि- २ का अध्यक्ष तामाङ घूस मुद्दामा दोषी ठहर

काठमाडौं । विशेष अदालतले चन्द्रागिरि नगरपालिका–२ का अध्यक्ष भाइकृष्ण तामाङलाई घूस मुद्दामा दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको मंगलबारको इजलासले वडाध्यक्ष तामाङलाई दोषी ठहर गरेको हो ।

अदालतले तामाङलाई ६ महिना कैद र चार लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । यसैगरी अदालतले घुस मिलाइदिने ध्रुबबहादुर कडायतलाई पनि दोषी ठहर गर्दै त्यति नै सजायको फैसला गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध  २० असारमा मुद्दा दायर गरेको थियो ।

तामाङमाथी  ललितपुर उपमहानगरपालिका-२२ बाट एक उद्योग चन्द्रागिरिमा सार्न घूस लिएको आरोप लागेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register