नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ खुल्यो, एक लाख कित्तासम्म किन्न पाइने

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि आज आइतबारबाट साधारण सेयर (आईपीओ) खुलाएको छ । कम्पनीले सर्वसाधारणको लागि प्रतिकित्ता १०० रुपैयाँका दरले १८ लाख ४५ हजार कित्ता सेयर जारी गरेको हो । कम्पनीले यसअघि २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ । त्यस्तै, ६७ हजार ५०० कित्ता सेयर […]

Feb 23, 2025 - 11:33
 0
नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ खुल्यो, एक लाख कित्तासम्म किन्न पाइने

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि आज आइतबारबाट साधारण सेयर (आईपीओ) खुलाएको छ ।

कम्पनीले सर्वसाधारणको लागि प्रतिकित्ता १०० रुपैयाँका दरले १८ लाख ४५ हजार कित्ता सेयर जारी गरेको हो । कम्पनीले यसअघि २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ ।

त्यस्तै, ६७ हजार ५०० कित्ता सेयर कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ ।

आईपीओ भर्ने समयअवधी फागुन १५ गतेसम्म रहेको छ । सो समयसम्ममा बिक्री नभएका सेयरको हकमा भने फागुन २५ गतेसम्म आवेदन दिन मिल्ने जनाइएको छ ।

इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाइने छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register