सेनाको वक्तव्य : संविधानप्रदत्त जिम्मेवारी पूरा गर्न सदैव कटिबद्ध
नेपाली सेनाले संविधानप्रदत्त जिम्मेवारी पूरा गर्न कटिवद्ध रहेको बताएको छ । राजवादी गतिविधि बढिरहँदा सेनालाई विवादमा तान्ने प्रयास भएपछि सेनाले यस्तो वक्तव्य जारी गरेको हो । बुधबार सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको वक्तव्यमा भनिएको छ,’ ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताका लागि संविधानप्रदत्त जिम्मेवारीहरू पूरा गर्न सदैव कटिबद्ध छ ।’ सेनासँग जोडेर […]

नेपाली सेनाले संविधानप्रदत्त जिम्मेवारी पूरा गर्न कटिवद्ध रहेको बताएको छ । राजवादी गतिविधि बढिरहँदा सेनालाई विवादमा तान्ने प्रयास भएपछि सेनाले यस्तो वक्तव्य जारी गरेको हो ।
बुधबार सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको वक्तव्यमा भनिएको छ,’ ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताका लागि संविधानप्रदत्त जिम्मेवारीहरू पूरा गर्न सदैव कटिबद्ध छ ।’
सेनासँग जोडेर विभिन्न भ्रम फैलाइएको भन्दै सेनाले त्यसमा सतत्यता नभएको बताएको छ । राजवादीहरूले राजसंस्था जोगाउन सेना चुकेको बताइरहेका छन् भने कतिपयले राजसंस्था फिर्ता गराउन सेनाले समेत साथ दिने अभिव्यक्ति दिइरहेका छन् । यस्तो अवस्थामा सेनाले संविधानप्रति कटिबद्ध रहेको बताएको हो ।
What's Your Reaction?






