पत्रकार उपचार कोषमा बिर्तामोड नगरप्रमुख प्रसाईंको ५१ हजार सहयोग

बिर्तामोड, ११ फागुन । प्रेस चौतारी नेपाल झापाको पत्रकार उपचार सहयोग कोषमा बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले ५१ हजार रुपैयाँ प्रदान गर्नु भएको छ । नगर प्रमुख प्रसाईले श्रीमान ज्ञानुराम प्रसाईको स्मृतिमा उपचार कोषलाई नगद सहयोग प्रदान गर्नु भएको हो । आज बिर्तामोडस्थित निवासमा नगर प्रमुख प्रसाईले सहयोग रकम हस्तान्तरण गर्नु भएको छ । [...] The post पत्रकार उपचार कोषमा बिर्तामोड नगरप्रमुख प्रसाईंको ५१ हजार सहयोग appeared first on Jhapa Online.

Feb 23, 2025 - 13:58
 0
पत्रकार उपचार कोषमा बिर्तामोड नगरप्रमुख प्रसाईंको ५१ हजार सहयोग

बिर्तामोड, ११ फागुन । प्रेस चौतारी नेपाल झापाको पत्रकार उपचार सहयोग कोषमा बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले ५१ हजार रुपैयाँ प्रदान गर्नु भएको छ ।

नगर प्रमुख प्रसाईले श्रीमान ज्ञानुराम प्रसाईको स्मृतिमा उपचार कोषलाई नगद सहयोग प्रदान गर्नु भएको हो । आज बिर्तामोडस्थित निवासमा नगर प्रमुख प्रसाईले सहयोग रकम हस्तान्तरण गर्नु भएको छ । पत्रकार उपचार सहयोग कोषको संयोजक भीमा शिवाकोटी, प्रेस चौतारी नेपाल झापाका अध्यक्ष प्रदीप परियार र नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेलाई उक्त रकम हस्तान्तरण गर्नुभएको छ ।

प्रेस चौतारी नेपालको २७ औँ स्थापना दिवसको अवसरमा माघ २२ गते दोमुखामा आयोजित कार्यक्रममा नगर प्रमुख प्रसाईले सामाजिक एव् राजनीतिक व्यक्तित्व ज्ञानु प्रसाईको स्मृतिमा सहयोग रकम घोषणा गर्नु भएको थियो ।

The post पत्रकार उपचार कोषमा बिर्तामोड नगरप्रमुख प्रसाईंको ५१ हजार सहयोग appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register