कनकाई कप : भद्रपुर–बिर्तामोड क्वाटर फाइनल, सिदिङ्ग्वा–सिक्किम सेमिफाइनलमा

चन्द्र बस्नेतकनकाई, ६ माघ । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा जारी प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता ‘कनकाई कप–२०८१’ अन्तर्गत आज भएको दोस्रो दिनको चार खेलबाट २ टोली क्वाटर तथा २ टोली सेमिफाइनलमा प्रवेश गरेका छ्न। सुरुङ्गा जेसीजको आयोजनामा कनकाई माविको खेल मैदानमा जारी प्रतियोगितामा आज भएको दोस्रो दिनको चार खेलबाट भद्रपुर नगरपालिका , बिर्तामोड नगरपालिका क्वाटर [...] The post कनकाई कप : भद्रपुर–बिर्तामोड क्वाटर फाइनल, सिदिङ्ग्वा–सिक्किम सेमिफाइनलमा appeared first on Jhapa Online.

Jan 19, 2025 - 13:31
 0
कनकाई कप : भद्रपुर–बिर्तामोड क्वाटर फाइनल, सिदिङ्ग्वा–सिक्किम सेमिफाइनलमा

चन्द्र बस्नेत
कनकाई, ६ माघ ।
झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा जारी प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता ‘कनकाई कप–२०८१’ अन्तर्गत आज भएको दोस्रो दिनको चार खेलबाट २ टोली क्वाटर तथा २ टोली सेमिफाइनलमा प्रवेश गरेका छ्न।

सुरुङ्गा जेसीजको आयोजनामा कनकाई माविको खेल मैदानमा जारी प्रतियोगितामा आज भएको दोस्रो दिनको चार खेलबाट भद्रपुर नगरपालिका , बिर्तामोड नगरपालिका क्वाटर फाईनलमा पुगेका हुन भने सिदिङ्ग्वा गाउँपालिका ताप्लेजुङ र टिभिए सिक्किमको पाउना टोली क्वाफाईनल बाट सेमिफाइनलमा प्रवेश गरेका छ्न।

भद्रपुर र गौरादह नगरपालिकाबीच भएको पहिलो खेलमा भद्रपुर नगरपालिका बिर्तामोड नगरपालिका र बाह्रदशी गाउँपालिकाबीच भएको दोस्रो खेलमा बिर्तामोड नगरपालिका क्वाफाईनलमा पुगेको प्रतियोगिताका संयोजक जेनिस चौलागाईले
जानकारी दिनुभयो ।

त्यसैगरी आजै भएको सिदिङ्ग्वा गाउँपालिका ताप्लेजुङ र मेचीनगर नगरपालिकाबीच भएको क्वाटर फाईनलबाट सिदिङ्ग्वा गाउँपालिका ताप्लेजुङ र झापा गाउँपालिका र टिभिए सिक्किमको पाउना टोलीसँग भएको अन्तिम खेलमा टिभिए सिक्किमको पाउना टोली विजेता बन्दै सेमिफाईनलमा प्रवेश गरेको आयोजक समितिकी जनसम्पर्क अधिकारी सरिता गुरगाईले जानकारी दिनुभयो ।

खेलको माध्यमबाट खेलकुदको विकास र खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका अध्यक्ष दुर्गा पाठक राजुले बताउनुभयो । आज भएको दोस्रो दिनको प्रतियोगितामा जेसीज पूर्व अध्यक्ष कुमारमणि पोखरेल, शिवकुमार कडेल, एलपी उप्रेती, जविन तिम्सिना , जनक कार्की , सरला दाहाल पोखरेल ,कमल कटेल, उषा उप्रेती,मोतिखर ओझा , सुस्मा न्यौपाने सुरुङ्गा जेसीस सन् २०२५ का अध्यक्ष दिपेन्द्र प्रधान विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि , खेल प्रेमी सयौंको उपस्थित रहेको थियो ।

प्रतियोगितामा प्राथमिक उपचारको प्राविधिक सहयोग समर मेडिसन डाइग्योनिष्ट्रक सेन्टर सुरुङ्गाले गरेको छ । भोलि सोमबार पनि क्वाटर फाईनलका २ खेल भद्रपुर नगरपालिका झापा र बेलबारी नगरपालिका मोरङ त्यसैगरी शिवसताक्षि नगरपालिका र बिर्तामोड नगरपालिका झापाबीच हुने बताएको छ।

त्यसैगरी भोलि सोमबार नै हुने पहिलो सेमिफाइनलमा सिदिङ्ग्वा गाउँपालिका ताप्लेजुङले भद्रपुर नगरपालिका झापा र बेलबारी नगरपालिका मोरङको विजेतासँग खेल हुने त्यस्तै दोस्रो सेमिफाइनलमा टिभिए सिक्किमको पाउना टोलीले शिवसताक्षि नगरपालिका र बिर्तामोड नगरपालिका झापाबीचको विजेतासँग खेल हुने आयोजक समितिका अध्यक्ष दुर्गा पाठक राजुले जानकारी दिनुभयो ।

प्रतियोगितामा पहिलो हुने टिमलाई नगद एक लाख ११ हजार १११ र दोस्रो हुने टिमलाई नगद ६१ हजार १११ रुपैयाँसहित ट्रफि र प्रमाणपत्र प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडीलाई ३२ इन्चको स्मार्ट कलर टेलिभिजन र विभिन्न ५ विधाका उत्कृष्ट खेलाडीलाई जनही ५ हजार १०० रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजक समितिले जनाएको छ।

प्रतियोगिताको प्रथम पुरस्कार हाल इजरायल निवासी प्रेम उप्रेती र दोस्रो पुरस्कार कनकाई इन्टरनेशनल विल्डर्सका सञ्चालक राम मैनालीले उपलब्ध गराउने जनाइएको छ । मुख्य प्रायोजकका रुपमा सुरुङ्गाको पशुपति अंग्रेज़ी माध्यमिक विद्यालय र प्रायोजकका रुपमा कनकाई नगर खेलकूद समिति रहेको छ । सुरुङ्गा जेसीजका सन् २०२४ का अध्यक्ष पाठकको अध्यक्षतामा भएको औपचारिक प्रतियोगितामा खेल संयोजक चौलागाईंले सबैलाई स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव रिसव सिङ्ग चाहारले गर्नुभएको गर्नुभएको थियो ।

The post कनकाई कप : भद्रपुर–बिर्तामोड क्वाटर फाइनल, सिदिङ्ग्वा–सिक्किम सेमिफाइनलमा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register