केपी ओली कपमा आज दुई खेल हुँदै

काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबलमा आज (सोमबार) दुई खेल हुँदैछन् । त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब तथा केपी ओली एफसी र न्यूरोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा हुनेछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा आर्मी र पुलिस भिड्ने छन् । खेल बिहान साढे ११ बजे सुरु हुनेछ । यस्तै […]

Feb 24, 2025 - 03:27
 0
केपी ओली कपमा आज दुई खेल हुँदै

काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबलमा आज (सोमबार) दुई खेल हुँदैछन् । त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब तथा केपी ओली एफसी र न्यूरोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा हुनेछ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा आर्मी र पुलिस भिड्ने छन् । खेल बिहान साढे ११ बजे सुरु हुनेछ ।

यस्तै केपी ओली एफसी र एनआरटीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । यो खेल पनि एन्फा कम्प्लेक्समै हुनेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा आइतबार एपीएफ क्लबले उज्वेकिस्तानको ब्ल्याक बुल्सलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ ।
फागुन १८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । हरेक खेलको विजेता टोलीले २५ हजार र प्लेयर अफ द म्याचले १५ हजार रुपैयाँ पाउनेछ ।

नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा आजदेखि सुरु भएको प्रतियोगितामा नौ टोलीले सहभागिता जनाएका छन्

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register