न्युजिल्यान्ड र बङ्गलादेश भिड्दै, पाकिस्तानको ‘भाग्य फैसला’

काठमाडौं । आईसीसी च्याम्पियन्स लिग क्रिकेटमा आज (सोमबार) न्युजिल्यान्ड र बङ्गलादेश भिड्दैछन् । समूह ‘ए’को यो खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे पाकिस्तानको रावलपिण्डीमा हुनेछ । आजको खेल जितेमा न्युजिल्यान्ड सेमिफाइनलमा जानेछ । यस्तै न्युजिल्यान्डसँगै भारतले पनि अन्तिम चारमा स्थान बनाउने छ । बङ्गलादेश पराजित भएको खण्डमा यसको असर पाकिस्तानलाई पनि पर्नेछ । बङ्गलादेशसँगै […]

Feb 24, 2025 - 04:06
 0
न्युजिल्यान्ड र बङ्गलादेश भिड्दै, पाकिस्तानको ‘भाग्य फैसला’

काठमाडौं । आईसीसी च्याम्पियन्स लिग क्रिकेटमा आज (सोमबार) न्युजिल्यान्ड र बङ्गलादेश भिड्दैछन् । समूह ‘ए’को यो खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे पाकिस्तानको रावलपिण्डीमा हुनेछ ।

आजको खेल जितेमा न्युजिल्यान्ड सेमिफाइनलमा जानेछ । यस्तै न्युजिल्यान्डसँगै भारतले पनि अन्तिम चारमा स्थान बनाउने छ ।

बङ्गलादेश पराजित भएको खण्डमा यसको असर पाकिस्तानलाई पनि पर्नेछ । बङ्गलादेशसँगै आयोजक पाकिस्तानसमेत समूह चरणबाटै बाहिरिने निश्चित छ । यसर्थ बङ्गलादेश सेमिफाइनलमा पुग्ने सम्भावनालाई कायमै राख्न न्युजिल्यान्डलाई हराउन चाहन्छ । तर लयमा रहेको न्युजिल्यान्डलाई हराउन सहज भने हुने छैन ।

यदि आज बङ्गलादेशले न्युजिल्यान्डलाई हराएमा समूह ‘ए’को प्रतिस्पर्धा रोचक बन्नेछ । बङ्गलादेशविरुद्ध पाकिस्तानको खेल सबैभन्दा महत्वपूर्ण हुनेछ । यो खेल फेब्रअरी २७ मा हुनेछ ।

यस्तै मार्च २ मा हुने भारत र न्युजिल्यान्डको खेल पनि निर्णायक ठहरिने छ ।

यस समूहमा सानदार प्रदर्शन गर्दै भारत सेमिफाइनल नजिक पुग्दा उसको चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तान भने पहिलो चरणबाटै बाहिरिने सम्भवना प्रबल बनेको हो ।

यो समूह ‘ए’मा भारत ४ अङ्कसहित शीर्ष स्थानमा छ । न्युजिल्यान्ड २ अङ्कसहित दोस्रो तथा अङ्कविहीन रहेका बङ्गलादेश र पाकिस्तान क्रमशः तेस्रो र चौथो स्थानमा छ ।

एक समूहबाट २ टोलीमात्रै सेमिफाइनलमा जानेछन् । यसर्थ २ खेलमा शतप्रतिशत जित निकालेपछि भारत सेमिफाइनलमा जाने लगभग निश्चित भएको हो । यद्यपि गणितीय कारणले भारत औपचारिक रुपमा अन्तिम ४ मा पुगेको छैन । अन्तिम खेलमा न्युजल्यान्डलाई हराएमा उ शतप्रतिशत नतिजासहित समूह विजेताको रुपमा सेमिफाइनलमा पुग्नेछ । पराजित भएमा अन्य खेलको नतिजाका आधारमा छिनोफानो हुनेछ ।

यता आयोजक पाकिस्तान भने प्रतियोगितामा खराब प्रदर्शन गरिरहेको छ । पहिलो खेलमा न्युजिल्यान्डसँग ६० रनले पराजित भएको पाकिस्तान दोस्रो खेलमा भारतसँग ६ विकेटले हारेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register