बङ्गालको खाडीमा भूकम्प, कोलकातामा पनि धक्का महसुस
काठमाडौं । बङ्गालको खाडी भूकम्प गएको छ । मङ्गलबार बिहान ६ः१० बजे भूकम्प गएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ । भारतको पश्चिम बङ्गालस्थित कोलकातामा पनि भूकम्पको झट्का महसुस गरिएको छ । बङ्गालको खाडी केन्द्रविन्दु रहेको उक्त भूकम्पको तीव्रता ५.१ रेक्टर स्केल मापन गरिएको छ । भूकम्पको केन्द्रविन्दु बङ्गालको खाडीमा ९१ किलोमिटर गहिराइमा रहेको भारतको राष्ट्रिय […]

काठमाडौं । बङ्गालको खाडी भूकम्प गएको छ । मङ्गलबार बिहान ६ः१० बजे भूकम्प गएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।
भारतको पश्चिम बङ्गालस्थित कोलकातामा पनि भूकम्पको झट्का महसुस गरिएको छ ।
बङ्गालको खाडी केन्द्रविन्दु रहेको उक्त भूकम्पको तीव्रता ५.१ रेक्टर स्केल मापन गरिएको छ ।
भूकम्पको केन्द्रविन्दु बङ्गालको खाडीमा ९१ किलोमिटर गहिराइमा रहेको भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ ।
यसअघि फेब्रुअरी १७ को बिहान ५ः३६ बजे दिल्ली–एनसीआरमा ४.० म्याग्निच्युडको भूकम्प गएको थियो ।
What's Your Reaction?






