केआईआईटीले तीन जना कर्मचारी निलम्बन गर्दै माग्यो माफी

काठमाडौं । कलिङ्गा इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)ले आफ्ना तीन जना कर्मचारी निलम्बन गरेको छ । ४ फागुनमा कलेजको होस्टलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको शङ्कास्पद मृत्यु भएको विषयमा छानबिन गर्न केआईआईटीले तीन कर्मचारी निलम्बन गरेको हो । केआईआईटीले विज्ञप्ति जारी गर्दै दुई जना सिनियर होस्टल स्टाफ र एक इनटरनेशनल रिलेसन अफिसरलाई निलम्बन गरेको जनाएको छ […]

Feb 18, 2025 - 06:15
 0
केआईआईटीले तीन जना कर्मचारी निलम्बन गर्दै माग्यो माफी

काठमाडौं । कलिङ्गा इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)ले आफ्ना तीन जना कर्मचारी निलम्बन गरेको छ ।

४ फागुनमा कलेजको होस्टलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको शङ्कास्पद मृत्यु भएको विषयमा छानबिन गर्न केआईआईटीले तीन कर्मचारी निलम्बन गरेको हो ।

केआईआईटीले विज्ञप्ति जारी गर्दै दुई जना सिनियर होस्टल स्टाफ र एक इनटरनेशनल रिलेसन अफिसरलाई निलम्बन गरेको जनाएको छ ।

आफूमाथि दुर्व्यहार भइरहेको विषय प्रकृतिले चार हप्ता अघि नै इन्टरनेशनल रिलेसन अफिसरलाई लिखित जानकारी गराएकी थिइन् । तर, प्रकृतिको निवेदनलाई कलेज प्रशासनले गम्भिरतापूर्वक लिएन ।

यसबाहेक केआईआईटीले नेपाली विद्यार्थीलाई कलेज फर्किन आग्रह गरेको छ । नेपाली विद्यार्थीलाई कलेज फर्किन सहजीकरण गर्नका लागि भनेर केआईआईटीले हटलाइन नम्बर पनि जारी गरेको छ ।

कलेजमा कर्मचारीले नेपाली विद्यार्थीहरुलाई “तिमिहरुको देशको जीडीपीभन्दा बढी रकम कलेजले निःशुल्क खाना खुवाउन खर्च गर्ने गरेको” भन्दै गरेको टिप्पणीप्रति पनि कलेजले माफी मागेको छ ।

आफ्ना कर्मचारीले आक्रोशमा आएर यस्तो बोलेको भन्दै कलेजले माफी मागेको हो । प्रकृतिको मृत्युपछि नेपाली विद्यार्थीले आन्दोलन गरेपछि त्यहाँ अध्ययनरत हजारौँ नेपाली विद्यार्थीलाई कलेजबाट निष्कासित गरिएको थियो ।

भारतमा नेपाली छात्राको मृत्यु : उजुरीको भएन सुनुवाइ, न्याय माग्दा ज्यादती

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register