एनसेलले ल्यायो ‘सधैँ अन रिन्यूअल प्याक’

काठमाडौं । एनसेलले आफ्ना ग्राहकहरूलाई दूरसञ्चार सेवामा सहज, सुलभ प्याकहरूका साथ सेवा प्रदान गर्दै देशको मोबाइल सेवा क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याउने उद्देश्यसहित नयाँ प्रिपेड सेवा ‘सधैँ अन रिन्यूअल प्याक’ सञ्चालनमा ल्याएको छ । सधैँ अन प्याकको सफलतापछि सञ्चालनमा ल्याइएका रिन्यूअल प्याकहरूमार्फत ग्राहकहरूले बिना कुनै बाधा महिनाभरका लागि आफ्नो बजेट अनुसार विभिन्न अनलिमिटेड सेवाहरूको फाइदा लिन […]

Feb 25, 2025 - 07:38
 0
एनसेलले ल्यायो ‘सधैँ अन रिन्यूअल प्याक’

काठमाडौं । एनसेलले आफ्ना ग्राहकहरूलाई दूरसञ्चार सेवामा सहज, सुलभ प्याकहरूका साथ सेवा प्रदान गर्दै देशको मोबाइल सेवा क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याउने उद्देश्यसहित नयाँ प्रिपेड सेवा ‘सधैँ अन रिन्यूअल प्याक’ सञ्चालनमा ल्याएको छ ।

सधैँ अन प्याकको सफलतापछि सञ्चालनमा ल्याइएका रिन्यूअल प्याकहरूमार्फत ग्राहकहरूले बिना कुनै बाधा महिनाभरका लागि आफ्नो बजेट अनुसार विभिन्न अनलिमिटेड सेवाहरूको फाइदा लिन सक्छन् ।

रिन्यूअल प्याकको उद्देश्य नेपाली ग्राहकहरूलाई तुलनात्मक रूपमा महङ्गो पर्ने पे एज यू गो र बारम्बार लिनुपर्ने स–साना प्याकहरू प्रतिको निर्भरता हटाएर सधैँ अन अर्थात् कनेक्टेड रहन सक्षम बनाउनु हो ।

यी प्याकहरूको मुख्य विशेषता भनेको प्रयोग हुन बाँकी डेटा, टक टाइम, र एसएमएस खेर नजाने रहेको छ । यसको अर्थ त्यस्ता सेवा, सुविधाहरू अर्को महिनाका सेवा, सुविधाहरूमा थप हुने व्यवस्था रहेको छ ।

यी प्याकहरूलाई सजिलै एनसेल एपमार्फत वा एष्ट्रिक्स१२३एष्ट्रिक्स९ह्यास डायल गरेर, वा नजिकको एनसेल रिटेलर स्टोर अर्थात् प्वाइन्ट अफ सेल्समा गएर खरिद गर्न सकिन्छ ।

सधैँ अन रिन्यूअल प्याक अर्थात् हरेक महिना ३० दिनमा नवीकरण हुने यी प्याकहरूमा ग्राहकले पुरै एक महिनाको समय सीमासहित सेवा पहुँचबाट फाइदा लिन सक्छन् । यसमा साधारण सधैँ अन प्याकको २८ दिन भन्दा थप दुई दिन बढीको समयावधि रहेको छ ।

रिन्यूअल प्याकअन्तर्गत एनसेलले बेस्ट रिन्यूअल प्याक, अनलिमिटेड प्याक र अन्य भ्वाइस र डेटा रिन्यूअल गरी तीन प्रकारका प्याकहरू सञ्चालनमा ल्याएको छ ।

पहिलो बेस्ट अन्तर्गत करसहित मासिक रु. ३९९, रु. ४९९, र रु. ५९९ का प्याकहरू रहेका छन् । यसमा भ्वाइस, डेटा, र एसएमएस साथै अनलिमिटेड युट्युब, अनलिमिटेड नाइट डेटा समावेश छन् ।

प्याकअनुसार, यसमा ग्राहकहरूले ८ जीबीदेखि २० जीबीसम्मको डेटा, ३९९ देखि ५९९ मिनेटसम्मको अल नेपाल टक टाइम, र ३९ देखि ५९ वटा अल नेपाल एसएमएस प्राप्त गर्छन् ।

दोस्रोमा अनलिमिटेड रिन्यूअल प्याक अन्तर्गत कर सहित रु. ७९९, रु. ९९९, र रु. १,४९९ का प्याकहरू समावेश रहेका छन् ।

यी प्याकहरूमा ग्राहकले कुनै पनि नेपाली नेटवर्कमा कल गर्न सकिने अनलिमिटेड अल नेपाल टक टाइम, अनलिमिटेड युट्युब, अनलिमिट्ड नाइट डेटाका साथै प्याकअनुसार ३० जीबीदेखि १०० जीबीसम्मको डेटा र ७९ देखि १४९ वटा अन नेपाल एसएमएस सेवा प्राप्त गर्दछन् ।

त्यसैगरी तेस्रो रिन्यूअल सेवा अन्तर्गत डेटा र भ्वाइसमात्र पाइने प्याकहरू रहेका छन् । उदाहरणका लागि एनसेलका रु. १९९ देखि रु. ४४९ सम्मका लोकप्रिय भ्वाइसहरू रहेका छन् । त्यसैगरी डेटामा रु २९९ बाट सुरु हुने प्याकहरू समावेश छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register