भद्रपुर झापा गोल्डकप : आयोजक ब्लेजर्स फाइनलमा

भद्रपुर । दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप २०८१ को पहिलो सेमिफाइनलमा बङ्गलादेशको काउर्न बजार प्रगति सङ्घलाई पराजित गर्दै आयोजक भद्रपुर ब्लेजर्स फाइनलमा प्रवेश गरेको छ । मेची रङ्गशालामा मङ्गलबार भएको खेलमा काउर्न बजार आयोजक ब्लेजर्ससँग टाइब्रेकरमा ४–३ ले पराजित भएको हो । ब्लेजर्सका लागि सत्यम शर्मा, अर्मन बिडोङ, दिवस उराउ, अबायोमिले गोल गरे । पेनाल्टीमा […]

Feb 25, 2025 - 15:02
 0
भद्रपुर झापा गोल्डकप : आयोजक ब्लेजर्स फाइनलमा

भद्रपुर । दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप २०८१ को पहिलो सेमिफाइनलमा बङ्गलादेशको काउर्न बजार प्रगति सङ्घलाई पराजित गर्दै आयोजक भद्रपुर ब्लेजर्स फाइनलमा प्रवेश गरेको छ ।

मेची रङ्गशालामा मङ्गलबार भएको खेलमा काउर्न बजार आयोजक ब्लेजर्ससँग टाइब्रेकरमा ४–३ ले पराजित भएको हो । ब्लेजर्सका लागि सत्यम शर्मा, अर्मन बिडोङ, दिवस उराउ, अबायोमिले गोल गरे । पेनाल्टीमा ब्लेजर्सका लागि कुददिप कार्कीले गरेको प्रहार बारमा लागेर बाहिरियो ।

काउर्न बजारका साइद, एस सिल्ला र साइडोस्टोनले गोल गरे । युसोफ एमबी र इब्राहिमले प्रहार बाहिरियो । यसअघि निर्धारित ९० मिनटको खेलमा १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । सत्यम शर्माले खेलको २५औँ मिनटमा गोल गर्दा ब्लेजर्सले अग्रता बनाएको थियो तर काउर्न बाजारका साकिलले खेलको ६२ औँ मिनटमा गोल फर्काए ।

आयोजक ब्लेजर्सले झापा –११ र भुटानको डागा युनाइटेड एफसीबीच बुधबार हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग फाइनल खेल्नेछ । प्रतियोगिताको विजेता टोलीले नगद रु १३ लाख तथा उपविजेताले नगद रु सात लाख प्राप्त गर्नेछन । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register