साउदी अरेबिया भ्रमणमा निस्किए भारतका प्रधानमन्त्री मोदी

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी साउदी अरेबिया भ्रमणका लागि आज (मङ्गलबार) त्यसतर्फ प्रस्थान गरेका छन् । दुई दिने भ्रमणका लागि उनी साउदीको जेद्दा गएका हुन् । साउदीमा आफूले विभिन्न बैठक र कार्यक्रमहरूमा भाग लिने प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा जानकारी दिएका छन् । ‘म साउदी अरेबियाको जेद्दा जाँदैछु । जहाँ म विभिन्न बैठक र […]

Apr 22, 2025 - 07:14
 0
साउदी अरेबिया भ्रमणमा निस्किए भारतका प्रधानमन्त्री मोदी

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी साउदी अरेबिया भ्रमणका लागि आज (मङ्गलबार) त्यसतर्फ प्रस्थान गरेका छन् । दुई दिने भ्रमणका लागि उनी साउदीको जेद्दा गएका हुन् ।

साउदीमा आफूले विभिन्न बैठक र कार्यक्रमहरूमा भाग लिने प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा जानकारी दिएका छन् ।

‘म साउदी अरेबियाको जेद्दा जाँदैछु । जहाँ म विभिन्न बैठक र कार्यक्रमहरूमा भाग लिनेछु । भारत र साउदीबीच लामो समयदेखि राम्रो सम्बन्ध रहेको छ र पछिल्ला १० वर्षमा यी सम्बन्धहरू अझ बलियो भएका छन्,’ उनले भनेका छन्, ‘रणनीतिक साझेदारी परिषद्को दोस्रो बैठकमा भाग लिन पाउँदा म उत्साहित छु । यसका साथै, म त्यहाँ बसोबास गर्ने भारतीय जनतालाई पनि भेट्नेछु ।’

साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानको निमन्त्रणामा प्रधानमन्त्री मोदी रियाद पनि जाँदैछन् ।

यसअघि, सन् २०२३ मा साउदी अरेबियाका युवराज भारतमा आयोजित टी–२० शिखर सम्मेलनको लागि नयाँ दिल्ली आएका थिए ।

यस्तै २०१४ मा प्रधानमन्त्री बनेपछि मोदीले साउदी अरेबियाको भ्रमण गरेको यो तेस्रो पटक हो । यसअघि उनले २०१६ र २०१९ मा साउदीको भ्रमण गरेका थिए ।

यतिबेला अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत भ्रमणमा छन् । उनले सोमबार मात्रै भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेका थिए ।
यसपछि मोदी मङ्गलबार साउदी प्रस्थान गरेका हुन् ।

मोदीलाई भेटेपछि भान्सले भने– उहाँजस्ता महान् नेतालाई भेट्नु मेरा लागि सम्मानको विषय

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register