प्रधानमन्त्री ओली र देउवाबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बालुवाटारमा एक घण्टादेखि दुई नेताबीच छलफल चलिरहेको प्रधानमन्त्री सचिवालयका एक सदस्यले जानकारी दिए । स्वास्थ्यमा समस्या आएको कारण सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा नगएका ओलीले समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा  देउवासँग कुराकानी गरिरहेका छन् । लामो समयदेखि नेपाल […]

May 20, 2025 - 07:09
 0
प्रधानमन्त्री ओली र देउवाबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

बालुवाटारमा एक घण्टादेखि दुई नेताबीच छलफल चलिरहेको प्रधानमन्त्री सचिवालयका एक सदस्यले जानकारी दिए ।

स्वास्थ्यमा समस्या आएको कारण सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा नगएका ओलीले समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा  देउवासँग कुराकानी गरिरहेका छन् ।

लामो समयदेखि नेपाल राष्ट्र बैङ्कमा गभर्नर नियुक्त हुन सकेको छैन । उनीहरूबीच उक्त विषयमा पनि कुराकानी हुने भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register