‘घुसकाण्ड’का आरोपित नेपाल बैंकका अध्यक्षले राजिनामा दिएपछि नयाँ अध्यक्षमा थानप्रसाद पंज्ञानी नियुक्त

काठमाडौँ । नेपाल बैंक लिमिटेडको अध्यक्षमा थानप्रसाद पंज्ञानी नियुक्त भएका छन् । ‘घुसकाण्ड’का आरोपित तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर भण्डारीले बैंकबाट राजिनामा दिएपछि बैंकको फागुन ९ गते बसेको सञ्चालक समितिको बैठकले पंज्ञानीलाई नयाँ अध्यक्षमा नियुक्त गरेको हो ।  पज्ञानीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट फागुन १२ गते पद तथा गोपनीयताको सपथ ग्रहण गरेको बैंकले जनाएको […]

Feb 26, 2025 - 02:15
 0
‘घुसकाण्ड’का आरोपित नेपाल बैंकका अध्यक्षले राजिनामा दिएपछि नयाँ अध्यक्षमा थानप्रसाद पंज्ञानी नियुक्त

काठमाडौँ । नेपाल बैंक लिमिटेडको अध्यक्षमा थानप्रसाद पंज्ञानी नियुक्त भएका छन् । ‘घुसकाण्ड’का आरोपित तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर भण्डारीले बैंकबाट राजिनामा दिएपछि बैंकको फागुन ९ गते बसेको सञ्चालक समितिको बैठकले पंज्ञानीलाई नयाँ अध्यक्षमा नियुक्त गरेको हो । 

पज्ञानीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट फागुन १२ गते पद तथा गोपनीयताको सपथ ग्रहण गरेको बैंकले जनाएको छ । 

बैंकबाट प्रवाह हुने ऋणमा चर्को कमिसन खाएको दाबीसहित परेको उजुरीमा ‘क्लु’ भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अध्यक्ष भण्डारीमाथि अनुसन्धान गरिरहेको छ । आफ्ना ड्राइभरको खातामा ऋणीसँग घुस असुल्ने अनि ड्राइभरलाई चेक काट्न लगाएर आफूले सो रकम क्यासमा लिने गरेको आरोप उपर उनीमाथि अनुसन्धान अघि बढेको हो । अख्तियारले उनका ड्राइभरको खातामा शङ्कास्पद कारोबारसमेत भेटेको छ ।

यहीबीच घुसकाण्डका आरोपित तत्कालीन अध्यक्ष भण्डारीले बैंकबाटै राजिनामा दिएका थिए । उनको राजिनामापछि बैंकको सञ्चालक समितिको बैठकले पंज्ञानीलाई अध्यक्षमा नियुक्त गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register