म्यानमारलाई हराएर इतिहास रच्ने दाउमा नेपाल

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलको उपाधिका आज (बुधबार) घरेलु टोली नेपाल र म्यानमार भिड्दैछन् । फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ६ बजे सुरु हुनेछ । मङ्गलबार भएको प्रि–म्याच कन्फरेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले आफूहरू उपाधि जित्नेमा ढुक्क रहेको बताएका थिए । प्रतियोगितामा नेपाल र म्यानमारसँगै लेबनान र किर्गिस्तानले पनि सहभागिता जनाएका थिए […]

Feb 26, 2025 - 02:21
 0
म्यानमारलाई हराएर इतिहास रच्ने दाउमा नेपाल

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलको उपाधिका आज (बुधबार) घरेलु टोली नेपाल र म्यानमार भिड्दैछन् ।

फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ६ बजे सुरु हुनेछ ।

मङ्गलबार भएको प्रि–म्याच कन्फरेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले आफूहरू उपाधि जित्नेमा ढुक्क रहेको बताएका थिए ।

प्रतियोगितामा नेपाल र म्यानमारसँगै लेबनान र किर्गिस्तानले पनि सहभागिता जनाएका थिए । फाइनलमा पुगेका दुवै टोलीले लिग चरणमा लेबनान र कीर्तिस्तानलाई हराएका थिए । नेपाल र म्यानमारबीचको खेल भने बराबरीमा सकिएको थियो ।

नेपालले हालसम्म म्यानमारलाई हराउन सकेको छैन । यसर्थ नेपाल आज घरेलु मैदानमा हराएर इतिहास रच्ने दाउमा छ ।

इन्टरनेशनल वुमन्स च्याम्पियनसिप : उपाधि जित्नेमा दुवै टोली ढुक्क

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register