युक्रेन र अमेरिकाबीच खनिज सम्झौतामा सहमति

काठमाडौं । युक्रेन र अमेरिकाबीच खनिज सम्झौतामा सहमति भएको छ । युक्रेनको राजधानी किएभका एक वरिष्ठ अधिकारीले बीबीसीलाई सहमतिको जानकारी दिएका छन् । बीबीसीले लेखेको छ, “अधिकारीले विस्तृत विवरण त दिएका छैनन्, तर दुवै देश सम्झौतामा महत्वपूर्ण संशोधनहरू गर्न सहमत भएका छन् ताकी यसलाई कार्यान्वयन गर्न सकियोस् ।” यता, ट्रम्प प्रशासनले यो सम्झौता युक्रेन र […]

Feb 26, 2025 - 05:33
 0
युक्रेन र अमेरिकाबीच खनिज सम्झौतामा सहमति

काठमाडौं । युक्रेन र अमेरिकाबीच खनिज सम्झौतामा सहमति भएको छ । युक्रेनको राजधानी किएभका एक वरिष्ठ अधिकारीले बीबीसीलाई सहमतिको जानकारी दिएका छन् ।

बीबीसीले लेखेको छ, “अधिकारीले विस्तृत विवरण त दिएका छैनन्, तर दुवै देश सम्झौतामा महत्वपूर्ण संशोधनहरू गर्न सहमत भएका छन् ताकी यसलाई कार्यान्वयन गर्न सकियोस् ।”

यता, ट्रम्प प्रशासनले यो सम्झौता युक्रेन र रूसबीच युद्धविरामको दिशामा पहिलो कदम हुनसक्ने उल्लेख गरेको छ ।

खनिजसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की वासिङ्टन आउनसक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । यसअघि राष्ट्रपति जेलेन्स्कीले ट्रम्पको खनिज सम्झौताका प्रस्ताव अस्वीकार गरेका थिए ।

फेब्रुअरी १० मा फक्स न्युजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले भनेका थिए, “मैले उनलाई (जेलेन्स्की) भनिसकेको छु कि हामीलाई ५०० अर्ब डलरका रेयर अर्थ मिनरल्स चाहिन्छ । र, उनीहरू लगभग सहमत भइसकेका छन् ।”

ट्रम्पको यस अन्तर्वार्तापछि जेलेन्स्कीले भनेका थिए, “यो कुनै गम्भीर वार्ता थिएन । म आफ्नो देश बेच्न सक्दिनँ ।”

ट्रम्पका अनुसार जो बाइडन प्रशासनको पालामा अमेरिकाले युक्रेनलाई ३०० देखि ५०० अर्ब डलरको सहायता दिइसकेको छ । तर, त्यसबापत् अमेरिकाले युक्रेनबाट केही पनि नपाएको ट्रम्पले बताएका थिए । सँगै उनले युक्रेनले खनिज खानी अमेरिकालाई दिनुपर्ने सर्तसमेत राखेका थिए । अन्ततः युक्रेन त्यसमा सहमत भएको समाचारहरु सार्वजनिक भइरहेका छन् ।

ट्रम्पको ध्यान युक्रेनका दुर्लभ खनिजहरूको ठूलो भण्डारमा छ । यी खनिजहरू इलेक्ट्रिक कार, आधुनिक हतियार र सैन्य उपकरणहरू बनाउन प्रयोग गरिन्छ ।

सम्भवतः चीनलाई रोक्नका लागि ट्रम्प दुर्लभ खनिजहरूको उत्पादन र आपूर्तिमा अमेरिकाको हिस्सेदारी बढाउन खोजिरहेका छन् । अघिल्लो केही दशकमा चीन दुर्लभ खनिजहरूको उत्खनन र प्रशोधनमा विश्वकै सबैभन्दा ठूलो देश बनेको छ ।

विश्व उत्पादनको ६०–७० प्रतिशत हिस्सा चीनको नियन्त्रणमा रहेको बताइन्छ । प्रशोधन क्षमतामा पनि ९० प्रतिशत हिस्सा चीनकै छ ।

रेयर अर्थ मिनरल्सका लागि चीनमा अमेरिकाको निर्भरता, ट्रम्प प्रशासनका लागि ठूलो चिन्ताको विषय हो । यसले आर्थिक र सैन्य क्षेत्रमा चीनको तुलनामा अमेरिकी हैसियत कमजोर पार्न सक्छ ।

युक्रेनसँग २६ ट्रिलियन डलरको के खजाना छ ? जुन अमेरिका हडप्न चाहन्छ

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register