ट्रम्पको ‘गोल्ड कार्ड’ योजना : ५० लाख डलर तिरेर बसोबास र नागरिकता पाइने

काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रम्प गोल्ड कार्ड’ नामक नयाँ भिसा कार्यक्रम सुरु गरेका छन् । उक्त कार्ड ५० लाख डलर (६९ करोड रुपैयाँ) मा किन्न सकिन्छ । ट्रम्पले यसलाई अमेरिकी नागरिकताको बाटोको रूपमा वर्णन गरेका छन् । अमेरिकी राष्ट्रपतिले ‘ट्रम्प गोल्ड कार्ड’ लाई ईबी-५ भिसा कार्यक्रमको विकल्पको रूपमा वर्णन गर्दै भविष्यमा १० लाख […]

Feb 26, 2025 - 05:45
 0
ट्रम्पको ‘गोल्ड कार्ड’ योजना : ५० लाख डलर तिरेर बसोबास र नागरिकता पाइने

काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रम्प गोल्ड कार्ड’ नामक नयाँ भिसा कार्यक्रम सुरु गरेका छन् ।

उक्त कार्ड ५० लाख डलर (६९ करोड रुपैयाँ) मा किन्न सकिन्छ । ट्रम्पले यसलाई अमेरिकी नागरिकताको बाटोको रूपमा वर्णन गरेका छन् ।

अमेरिकी राष्ट्रपतिले ‘ट्रम्प गोल्ड कार्ड’ लाई ईबी-५ भिसा कार्यक्रमको विकल्पको रूपमा वर्णन गर्दै भविष्यमा १० लाख गोल्ड कार्डहरू बेचिने बताए ।

“हामी गोल्ड कार्ड बेच्दैछौँ,” आफ्नो कार्यालयबाट सम्बोधन गर्दै उनले भने, “तपाईंहरूसँग ग्रीन कार्ड छ । यो गोल्ड कार्ड हो । यसको मूल्य करिब ५ मिलियन डलर हुनेछ, जसले ग्रीन कार्डका सम्पूर्ण सुविधा दिनेछ र नागरिकता प्राप्त गर्ने बाटो खुला गर्नेछ । धनाढ्यहरू यो कार्ड किन्न आउनेछन् ।”

उनले भने, “यो भिसा कार्डले अमेरिकी नागरिकताको बाटो खोल्नेछ । कार्ड किनेर मानिसहरू अमेरिका आउनेछन् र यहाँ धेरै कर तिर्नेछन् । यो पहलले राष्ट्रिय ऋण चाँडै चुक्ता गर्न सकिनेछ ।”

हाल अमेरिकामा नागरिकता प्राप्त गर्न ईबी-५ भिसा कार्यक्रम छ । यो सन् १९९० देखि लागू छ । यस भिसा कार्यक्रमको उद्देश्य विदेशी लगानी आकर्षित गर्नु हो । यसमा मानिसहरूले कम्तीमा १० रोजगारी सिर्जना गर्ने व्यवसायमा १० लाख डलर लगानी गर्नुपर्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register